स्वास्थ्य मन्त्री ढकालको प्रेस सल्लाहकारमा तिवारी

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको प्रेस सल्लाहकारमा पत्रकार माधव तिवारी नियुक्त भएका छन् ।

मन्त्री ढकालले मंगलवार तिवारीलाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । नुवाकोट स्थायी घर भएका तिवारी दैनिकी डटकमका सम्पादक हुनुका साथै प्रेस संगठनका केन्द्रीय सदस्य पनि हुन् । उनी करिब २ दशकयता पत्रकारितामा सक्रिय छन् ।

यसअघि उनि माउन्टेन टिभीका समाचार उपप्रमुख समेत रहेका थिए । मन्त्रीको प्रेस सल्लाहकार भएसँगै प्रतिक्रिया दिँदै तिवारीले स्वास्थ्य मन्त्रालयको सूचना प्रवाहमा प्रभावकारी काम गर्ने बताए ।

सम्बन्धित शिर्षक :