लुम्बिनी प्रादेशीक अस्पतालमा नर्सिङ प्रमुखको जिम्मेबारी पौडेललाई

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशीक अस्पताल बुटबलको नर्सिङ प्रमुखको जिम्मेबारी नर्सिङ अधिकृत ज्योति पौडेललाई दिईएको छ।

नर्सिङ प्रमुख दुर्गा पौडेलले स्वेच्छिक राजीनामा दिएपछि पौडेललाई नर्सिङ प्रमुखको जिम्मेबारी दिएको हो। माघ १ गते देखी लागुहुने गरि पौडेललाई जिम्मेबारी तोकिएको अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए ।

प्रादेशीक अस्पतालमा नबौ तहको नर्सिङ प्रशासक ईन्चार्ज हुने ब्यबस्था भएपनि केहि बर्ष देखी ईन्चाज खाली रहेको छ । ज्योती पौडेल लुम्बिनी प्रादेशीक अस्पतालमा नर्सिङ अधिकृतको रुपमा कार्यरत रहेकी छन ।

सम्बन्धित शिर्षक :