लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा जनार्दन पन्थी द्धारा पदबहाली

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा डाक्टर जनार्दन पन्थी स्वास्थ्यमन्त्रालय देउखुरीमा गएर गएर पदभार ग्रहण गरेका छन् ।

संघीय संघिय सरकारको बैशाख २० गते बसेकोे मन्त्री स्तरीय निर्णय वाट लुम्बिनी प्रदेशको स्वास्थ्य सचिबमा नियुक्त गर्ने निर्णय गरेको थियो। कार्यभार सम्हाल्दै सचिव पन्थीले विपतको व्यवस्थापनमा प्रदेशका सम्पूर्ण स्वास्थ्य संस्थालाई समयमै सजक अवस्थामा राख्ने निर्णय गरेका छन् ।

यसअघि स्वास्थ्य सचिव रहेका डा विकास देवकोटा बाह्रौँ तहमा बढुवा भई संघीय स्वास्थ्य मन्त्रालयमा गएपछि लुम्बिनीको स्वास्थ्य मन्त्रालय सचिव विहीन थियो ।

चैत्र २० गते बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश स्वास्थ्य निर्देशनालयमा निर्देशकको जिम्मेवारीमा रहेका एघारौँ तहका डा बिनोदकुमार गिरीलाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

तर संघिय सरकारको निर्णय अनुसार सचिव नियुक्त हुनु पर्ने भन्दै डा. गिरीको बिरोध हुदै आएको थियो ।

 

सम्बन्धित शिर्षक :