शुद्धोधन गाउँपालिकामा ६ जना सिकलसेन एनिमिया बिरामी फेला

स्वास्थ्यसमाचार/शुद्धोधन गाउँपालिकामा ६ जना सिकलसेन एनिमिया बिरामी फेला परेका छन। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले गाउँपालिकामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा वडा नं ५ र ६ मा उक्त बिरामी फेला परेको बताईएको हो।

शुद्धोधन गाउँपालिकामा अध्यक्ष बिष्णु प्रसाद बस्यालको अध्यक्षता स्वास्थ्य कार्यलय रुपन्देहीका मलेरिया निरिक्षक रत्नलाल शर्मा शुद्धोधन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शमिर भन्डारी स्वास्थ्य शाखाका बबिता न्यौपानेको आतिथ्यतामा भएको कार्यक्रममा सिकलसेल एनिमिया तथा थालासेमिया सम्बन्धि जानकारी स्वास्थ्य शाखा प्रमुख शमिर भन्डारीले जानकारी गराउनु भएको थियो ।

सिकलसेन एनिमिया तथा थालासेमिया रोग सम्बन्धि अभिमुखीकरणमा ५र६ का वडा स्थानीयवासीलाई सहभागीता गराईएको थियो। अभिमुखीकरण मा स्वास्थ्य शाखा प्रमुख भन्डारीले सिकलसेन एनिमिया रोगका ६ जना बिरामी भेटिएको ले यो सिकलसेन एनिमिया तथा थालासेमिया रोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको र केही दिनमै यो रोग सम्बन्धि चेकजाँच गरिने वताउनु भयो।

यो रोग रोग आमा बुबाबाट छोरा छोरीमा सर्ने भएकै कारण आमा र बाबा बन्नु भन्दा यस्को ग्रिानि गर्नु नै सबैभन्दा उत्तम उपाए रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका मलेरिया निरिक्षक रत्नलाल शर्माले यो रोग जिनमा हुने खराबीले गर्दा हुने भएक कारण यो रोग लागेका बिरामीमा रक्तकोषहरु गोला आकारमा नभइ हँसिया आकारको हुने भएकाले रक्त सञ्चार प्रवाहमा असर गर्ने वताउनु भयो।

शर्माले शरीरको विभिन्न भागहरुमा राम्रोसँग रगत प्रवाह नहुँदा शरीरको भित्री अंगमा अक्सिजनको मात्रा कम भई ती अंगहरुमा कडा खालको दुखाई हुने अनि रक्तअल्पताको समस्या समेत हुने भएकाले त्यस तर्फ सबै सचेत हुन जरुरी रहेको वताउनु भयो। शर्माले थालासेमिया रोग नेपालीको सबै भागहरुमा देखिएको उहाले बताउनु भयो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले अहिले पनि जनचेतनाको अभाब यो रोग पत्ता लगाउन समस्या भएको बताउनु भयो। उहाले सहजीकरण कै क्रममा सिकलसेल रोग एक प्रकारको वंशानुगत रोग रहेको बताउदै त्यसको रोकथामका लागि बैलेमा सबै सचेतहुन आग्रह गर्नुभएको थियो ।

यो सिकलसेल र थालासेमिया रोग नेपालको मध्य,बर्दिया,कैलाली,कंचनपुर,कपिलवस्तु,नवलपरासी,बाँके ,र रुपन्देही जिल्लाहरूमा देखिएको छ।कार्यक्रमको सञ्चालक शुद्धोधन गाउँपालिका स्वास्थ्य शाखाका ,अ,न,मि,बविता न्यौपाने गर्नुभएको थियो।

सम्बन्धित शिर्षक :