मुस्लिम धर्मगुरुको जन्मोत्सवमा बिरामीलाई फलफूल बितरण

स्वास्थ्यसमाचार /मुस्लिम धर्मगुरु पैगम्बर हजरत मोहम्मद मुस्तफाको १४९४ औं शुभजन्मोत्सवको अवसरमा रजा ए मुस्तफा मस्जिद समिति बुटवलले शनिबार लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।

समितिका अध्यक्ष हाजी मकवुल मियाको अध्यक्षतामा भएको फलफूल वितरण कार्यक्रमको उद्घाटन लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनालले गरेका थिए ।त्यस अवसरमा उनले मुस्लिम धर्मगुरुको जन्मोत्सवमा सामाजिक र सेवामूलक कार्य गर्नु सह्रानीय रहेको बताए । उनले अस्पतालको नयाँ बन्ने संरचनामा सबै धर्मावलम्वीको प्रार्थनाका लागि स्थानको व्यवस्थापन गर्न पहल गर्ने बताए ।

समितिका अध्यक्ष मकबुल मियाले असहाय तथा बिरामीहरुको सहयोगका लागि आफ्नो संगठन निरन्तर लागिरहेको बताउंदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष हाजी रहमद खां, सचिव अब्दुल सहमत लगायतले उपचाररत बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामनाका साथ कार्यक्रम आयोजना गरिएको बताए । लुम्बिनी अञ्चल अस्पतालमा उपचाररत करिव तीन सय जना बिरामीलाई फलफूल वितरण गरिएको थियो ।

सम्बन्धित शिर्षक :