लुम्बिनी सामुदायिक मुटुअस्पताल बनाउन भैलो खेलेर ५ करोड संकलन

स्वास्थ्यसमाचार/ बुटवल–१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु हस्पिटल बन्ने भएको छ । लायन्स क्लब अफ बुटवल बेलबास सिटीले हस्पिटल बनाउन लागेको हो । हस्टिल बनाउने क्लब दिपावलीको अवसरमा देउसी भैलो खेलेर करोडौं रूपैयाँ संकलन गरेको छ ।

तिनाउ नदी पश्चिम क्षेत्रमा पनि मुटु हस्टिलको आवश्यकता महशुस भएपछि त्यसको अभियानमा आफूहरू जुटेको क्लबका अध्यक्ष लक्ष्मण खड्काले वताए । हस्पिटल बनाउने खेलिएको देउँसी भैलोबाट ५ करोड १० लाख रुपैयाँ संकलन गरिएको वताए।हस्टिल बुटवल–१३ बेलबासको मा बन्नेछ । बुटवलमा गौतमबुद्ध सामुदायिक मुटु हस्टिल पनि सञ्चालनमा छ । हस्टिलको सहआयोजक लायन्स क्लब अफ् बुटवल बेलबास सृजनशील रहेको छ ।

हस्टिलका लागि बुटवल उप–महानगरपालिकासँग जग्गा उपलब्ध गराउने अध्यक्ष खड्काले बताए । २५ शैयाको हस्टिलमा आइसियुरसिसियु सहित सुविधा हुनेछ । हस्पिटल नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको बन्नेछ ।हस्टिल बनाउने आफूहरूले महाअभियान नैं सुरू गरिएको जनप्रतिनिधि तथा क्लबका सचिव वेदप्रसाद गैरेले बताए । क्लबका द्धितीय उपाध्यक्ष डिबी खत्रीले हस्पिटलको कुल लगानी २० करोड रुपैयाँ हुने बताए ।

उनले १० करोड रुपैयाँ आफूहरुले संकलन गर्ने र हस्टिलका उपकरणहरु लायन्स क्लब अफ इन्टरनेशनलबाट ल्याउने सहमति भइसकेको बताए । लायन्स क्लब अफ इन्टरनेशनलले ६ करोड रुपैयाँका उपकरणहरु (इक्युपमेन्ट) दिनेछ ।देउसी भैलोमा बुटवल–१३ का डन्डपानी खनालले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ दान दिएका छन । त्यस्तै अर्का कृष्ण लम्सालले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिए ।

हस्पिटल दुई बर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने हस्पिटल निर्माणका अभियान्ता डन्डपानी खनालले बताए । क्लबले १ हजार संस्थापक सदस्य बनाएर १० करोड रुपैयाँ संकलन अध्यक्ष खडकाले बताए।

सम्बन्धित शिर्षक :