प्रदेश ५ सरकारलाई डेंगु र भुसुना नियन्त्रणको लागि ३० थान फग मेशिन उपलब्ध

स्वास्थ्यसमाचार /प्रदेश ५ मा डेंगु नियन्त्रणको लागि कोरियाको एक संस्थाले फग मेशिन सहयोग गरेको छ ।डेंगु रोग नियन्त्रको लागि भन्दै कोरियाको कृपि फाण्डेशनले प्रदेश नं ५ सरकारलाई लामखुट्टे र भुसुनालाई नियन्त्रण गर्नको लागि फग मेशिन उपलब्ध गराएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्रालयमा आयोजित एक कार्यक्रममा फाण्डेशनका अध्यक्ष लि साङ हुनले प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई उक्त मेशिन हस्तान्तरण गरे । फाउण्डेशनले ४५ लाख मूल्य बराबरका ३० थान मेशिन प्रदेश सरकारलाई उपलब्ध गराएको हो । प्रति मेशिनको मूल्य एक लाख ५० हजार परेको कृपि फाउन्डेसनका डाईरेक्टर सोम गुरुङले बताए। सो मेशिनबाट डेङ्गु नियन्त्रणमा आउने उनले बताए ।

फाउण्डेशनले डब्लुएचओबाट प्रमाणीकरण भएको अल्फा साईपर मिथाईन दस प्रतिशत ईसि नामक एक लाख मूल्य बराबरको औषधि पनि प्रदेश सरकारलाई उपलब्ध गराएको छ । गत बर्ष सो संस्थाले प्रदेश नं १ का विराटनगर तथा त्यस क्षेत्रका गाउँ गाउँमा मेशिन र औषधि वितरण गरेको थियो ।

यस वर्ष काठमाडौ महानगरपालिकाको स्वीकृतिमा सम्बन्धित संस्थाले औषधि छर्कने कार्य गरेको संस्थाका कोडिनेटर ज्ञानु गुरुङले बताए । फाउण्डेशनल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका संग सहकार्य गरि भैरहवा क्षेत्र तथा त्यसका आसपास र सुनौलीमा पनि संस्थाले औषधि छर्कने बताए ।

मेसीन हस्तान्तण कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्राप्त भएको मेशिनमध्ये ४ बटा बुटवल उपमहानगरपालिका नेपालगञ्ज उपमहानगरपालिका तुल्सीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिका र अरु बाकी सुरक्षा क्याम्प लाई एकएकवटा प्रदान गरिने वताए । मेशिन हस्तान्तरण गर्दै फाउण्डेशनका अध्यक्ष हुनले नेपालमा लामखुट्टे नियन्त्रण आफुहरुको लक्ष रहेको भन्दै यो मेशिनले फलदायी परिणाम ल्याउने विश्वास व्यक्त गरे ।

रुपन्देहीमा डेङ्गुबाट ३ हजार भन्दा बढी प्रभाबित भएको र तीन जनाको मृत्यु भइसकेको अस्पतालहरुले जनाएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कूल प्रसाद केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नं ५ का प्रमुख सचिब तोयानाथ ज्ञवाली,आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव शंकर प्रसाद खरेल आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रबक्ता हरि प्रसाद पोखरेलले बोलेका थिए ।

सम्बन्धित शिर्षक :