क्यान्सर रोगबारे जनचेतना जगाउन रुपन्देहीमा बृहत् कार्यक्रम हुने

स्वास्थ समाचार/विश्वमा मृत्युको दोश्रो ठुलो कारण बनेको क्यान्सर रोगले मानव जातिमा पुर्‍याएको क्षति र सम्भावीत क्षतिको न्यूनीकरणमा विश्व जगतको ध्यानाकृष्ट गर्दै सन् २००० देखि हरेक बर्षको फेब्रुअरी ४ तारिकलाई अन्तर्राष्ट्रिय स्तरमा विश्व क्यान्सर दिवसको रुपमा मनाउने गरिँदै आएको छ ।

क्यान्सर रोगबाट हुने क्षतिको न्यूनीकरणका लागि रोग लाग्नै नदिन जनचेतना फैलाउने, रोगको पहिचानको लागि आवस्यक व्यवस्था मिलाउनु पर्ने र औषधोपचार सरल र सुलभ हुनुपर्ने बिषयतर्फ सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गर्न यस बर्ष “हेरचाहमा हुने असमानताको अन्त्य गरौं” भन्ने विश्वव्यापी नाराका कार्यक्रम तय भएको छ ।

of

नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देही शाखाले प्राणघातक प्रकृतिको क्यान्सर रोगबारे आममानिसमा सचेतना जागृत गराउन बुटवलको मिलनचोकमा जनचेतनामूलक प्लेकार्ड प्रदर्शन कार्यक्रम गर्ने भएको हो । कार्यक्रमलाई भब्यरुपमा सम्पन्न पार्न जिल्लाका स्वयमसेवी संघसंस्था बिच समन्वयात्मक बैठक भएको छ ।

दुई दर्जन भन्दा बढी रुपन्देहीमा कृयाशिल स्वयसेवी संस्थाको उपस्थितिमा भएको बैठकले कार्यक्रमलाई प्रभावकारी बनाउन प्रतिबद्धता सहित आआफ्ना धारणा राखेको सचिव प्रजापाल गिरीले जानकारी दिनुभयो ।

रुपन्देही शाखा सभापति खिम बहादुर हमालको सभापतित्वमा भएको कार्यक्रममा पुनरावेदन अदालत बार इकाईका अध्यक्ष कैलाश ज्ञवाली, बुटवल रक्त सञ्चार केन्द्रका संयोजक कृष्ण पङ्गेनी, लायन्स क्लब अफ बुटवल तिलोत्तमाका अध्यक्ष नवीन श्रेष्ठ, औषधि व्यवसायी संघ रुपन्देही अध्यक्ष सुरज भट्टराई, रुपन्देही व्यापार संघका महासचिव दया भण्डारी, जनप्रतिनिधि बिबेश पुरी, गैसस महासंघ रुपन्देही अध्यक्ष धर्मराज घिमिरे, नियमित रक्तदाता समाजका अध्यक्ष दया सिलवाल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका उपाध्यक्ष लेखनाथ भण्डारी,लायन्स क्लव अफ बुटवल देबिनगरका अध्यक्ष शोभा राना, लायन्स क्लव अफ शंकरनगर बाटीकाका अध्यक्ष साधना भण्डारी, नेपाल स्वयमसेवी रक्तदाता समाजका हरिप्रसाद ज्ञवाली, हाम्रो नेपालका अध्यक्ष निराजन खरेल, फुलबारी गाईजका तेज बहादुर राना, लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीका सचिव संगीता श्रेष्ठ, लायन्स क्ल्व अफ बुटवल ज्योतिका अध्यक्ष देवी शर्माले क्यान्सर दिवसको महत्त्व र कार्यक्रमका बारेमा सुझाव राख्नुभएको थियो ।

कार्यक्रम संयोजक एवं संस्थाका उपसभापति बीना न्यौपानेको स्वागतमा भएको कार्क्रममा संस्थाका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्य, सहकोषाध्यक्ष पुनम पौडेल, सल्लाहकार मधुसूदन गैह्रे, जिल्ला सदस्य हरिप्रसाद अर्याल, रमेश पराजुली, अधिवक्ता महेन्द्र प्रसाद पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक :