लुम्बिनी प्रादेशिक अस्पतालमा ६१ औं नेपाल नर्सिङ दिवस मनाईयो

स्वास्थ्यसमाचार/ नेपाल नर्सिङ संघ बुटबल ईकाई र लुम्बिनी प्रादेशिक अस्पताल नर्सिङ संघको आयोजनामा बुटबलमा६१ औं नेपाल नर्सिङ दिवस मनाईएको छ।’जेष्ठ नागरिक स्वास्थ्य सुरक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ आज ६१ औं नेपाल नर्सिङ दिवस मनाईएको हो ।

नेपाल नर्सिङ संघको ६१ औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालले नर्सिङ क्षेत्रको समस्या समाधानको लागि अस्पताल लागी रहेको बताउनु भयो उहाले अस्पतालबाट पाउने सेवा सुबिधाका लागी तथा माग भए अनुसारका तालिमहरु दिईने बताउनु भयो।

लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भट्राईले नर्सहरु अझै परिस्कृत हुनुपर्ने बताउनु भयो ।नर्सहरुको समस्या समाधानमा अस्पताल लागी रहेको बताउदै मुस्कान सहितको सेवा दिन आग्रह गर्नु भयो।

अस्पताल प्रशासनका शाखा अधिकृत राजन केसीले प्रशासन सबै संग हातेमालो गरेर काम गर्ने बताउनु भयो।स्वास्थ्य तालिम केन्द्र बुटबलका बरिष्ठ नर्सिड अधिकृत नेहा थापाले स्तरीय स्वास्थ्य सेवा पाउन नर्सहरुलाई थप सुविधा दिनु पर्ने बताउनु भयो । उहाले अस्पतालमा पुरानो दरबन्दी अनुसार नर्स भएकोले काममा समस्या हुने भएकोले तत्काल दरबन्दी अनुसारका कर्मचारी हुनुपर्ने बताउनु भयो।

सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पताका नर्सिङ ईन्चार्ज ज्योति पौडेलले कोरोनाको महामारीमा पनि आफुनो ज्यानको समेत प्रबाह नगरि काम गर्ने लाई धन्यबाद दिदै कठिन अबस्थामा पनि मुस्कान सहितको सेवा दिईरहेको वताउनु भयो ।उहाले सबैलाई नर्सहरुलाई हेजडा भत्ता उपलब्ध गराउन माग गर्नु भयो त्यस्तै उहाले नयाँ तालिम तथा पुरानाहरुलाई पुन तालिमको ब्यबस्थागर्न समेत माग गर्नु भयो।

उहाले पुरानो दरबन्दी तर बिरामीको चाप अत्याधिक भएकोले काममा समस्या भएको बताउनु भयो ।एक जना नर्सले न्यनतम ६ जना बिरामी हेर्नेहो तर हामीहरुले ३०भन्दा बढी बिरामीलाई सेवा दिनु परयोको बताउनु बताउनु भयो।

नेपाल नर्सिङ संघ लुम्बिनी ईकाई अध्यक्ष हरि केसीले नर्सिङको ईतिहास धेरै पुरानो नभएपनि अहिले यो पेसा अपरिहार्य भएको बताउनु भयो उहाले हेल्थपोष्ट देखी ठुला ठुला अस्पतालमा नर्सिङ बिनाको अस्पताल अहिले कल्पना गर्न नसकिने बताउनु भयो। अध्यक्ष केसीले कोरोनाका बेलामा अस्पतालमा भर्ना गरेका नर्सहरुलाई अस्पतालले ननिकाली अस्पतालमा ब्यबस्थापन गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा वोल्दै अस्पतालका पुर्व नर्सिङ ईन्र्चाज दुर्गा पौडेल,सुबिता सैजु, र देबकला पान्डेको सहभागीता रहेको कार्यक्रममा पुर्व नर्सिङ ईन्र्चाज,सुबिता सैजु, पहिले भन्दा अहिले नर्सिङ पेसालाई हेर्ने अबस्था परिर्बत भएको बताउनु भयो।

कार्यक्रम अस्पताल सबै वाडका नर्सिङ ईन्र्चाज तथा सबै नर्सिङ कर्मचारीको सहभागीता रहेको कार्यक्रमको अस्पतालका नर्सिङ अधिकृत कान्ति पान्डेले स्वागत गर्दे नर्सिङको नाराको वारेमा स्पस्ट पार्नु भएको थियो। नेपाल नर्सिङ संघ लुम्बिनी ईकाई अध्यक्ष हरि केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अस्पतालका नर्सिङ निरिक्षक सिता खनालले गर्नु भएको थियो ।


सम्बन्धित शिर्षक :