लुम्बिनी प्रादेशिक अस्पतालमा ६१ औं नेपाल नर्सिङ दिवस मनाईयो

स्वास्थ्यसमाचार/ नेपाल नर्सिङ संघ बुटबल ईकाई र लुम्बिनी प्रादेशिक अस्पताल नर्सिङ संघको आयोजनामा बुटबलमा६१ औं नेपाल नर्सिङ दिवस मनाईएको छ।’जेष्ठ नागरिक स्वास्थ्य सुरक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ आज ६१ औं नेपाल नर्सिङ दिवस मनाईएको हो । नेपाल नर्सिङ संघको ६१ औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालले नर्सिङ क्षेत्रको समस्या समाधानको लागि अस्पताल लागी रहेको बताउनु भयो उहाले अस्पतालबाट पाउने सेवा सुबिधाका लागी तथा माग भए अनुसारका तालिमहरु दिईने बताउनु भयो। लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भट्राईले नर्सहरु अझै परिस्कृत हुनुपर्ने…