चिकित्सक संघको निर्वाचन: प्रजातान्त्रिक प्यानलका पाँच जना निर्विरोध

काठमान्डौ /नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिका विभिन्न पाँच पदमा निर्विरोध निर्वाचित हुने देखिएको छ।संघको आसन्न निर्वाचनका लागि पाँच पदमा एकरएक जनाको मात्र उम्मेदवारी परेका कारण उनीहरु निर्विरोध निर्वाचित हुने पक्का भएको हो। निर्विरोध निर्वाचित हुनेहरु पाँचै जना प्रजातान्त्रिक समूहका उम्मेदवार हुन्। संघको वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेश उपाध्यक्ष, सह(कोषाध्यक्ष र सह(सचिवमा निर्विरोध निर्वाचित भएका हुन्। वरिष्ठ उपाध्यक्षमा डा वद्री रिजाल, लुम्बिनी प्रदेश उपाध्यक्षमा डा नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेश उपाध्यक्षमा डा केशरबहादुर ढकाल, सहकोषाध्यक्षमा डा विक्रान्त ढकाल र सहसचिवमा डा लिजन महर्जन निर्विरोध निर्वाचित भएका हुन्। मनोनयनको लागि निर्धारित…