रुकुम पूर्वमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको उद्धघाटन्

रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला होः : स्वास्थ्यमन्त्री थारु

स्वास्थ्यसमाचार रुकुम पूर्वमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको उद्धघाटन् गरिएकोे छ । लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रि इन्द्रजित थारुले आयुर्वेद स्वास्थ्य केन्द्रको उद्धघाटन गरे ।

उदघाटन समारोहमा बोल्दै मन्त्रि थारुले रुकुम(पूर्व)मा आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना रहेको बताए। रुकुम(पूर्व) लुम्बिनी प्रदेशको एक मात्र हिमाली र जडिबुटीको धनी जिल्ला भएकाले यस ठाउँमा आयुर्वेद औषधी उत्पादन केन्द्र निर्माण गर्न सकिन्छ उनले भने ।यहाँका सबै दल, जनता, बुद्धिजिवीहरु एक भएर यहाँको जडिबुटीलाई यहि संकलन गर्ने, यहि प्रशोधन गर्ने र औषधी उत्पादन गरेर लैजाने हो रुकुम(पूर्व) रोजगारीको श्रृजना हुने र यहा रहेका बहुमुल्य जडीबुटीको पनि सहि प्रयोग हुने बताए।

 

उनले पछिल्लो समयमा विज्ञान प्रविधि र खाद्यान्नमा रसायन प्रयोग बढ्नु, दैनिक जनजिवन अस्तव्यस्त हुँदा मानिस विभिन्न रोगको सिकार हुँदै गएको बताउदै उहाँले स्वस्थ्य आहारविहार र योगले मानिसलाई स्फुर्त बनाउने वताए।आयुर्वेदिक चिकित्सा पद्धतिले मानिसलाई स्वस्थ बनाउने बताउदै उनले स्वस्थ नागरिकले मात्र देश विकास गर्न सक्ने वताए। उनले आयुर्वेदिक उपचारको लागि जिल्लामै औषधि निर्माणसँगै यसबाट जिल्लाबासीको आर्थिक समृद्धि पनि हुने वताएका छन।

यस्तै प्रदेश आयुर्वेद महाशाखा प्रमुख डा पुष्पराज पौडेलले सबैले आयुर्वेद स्वास्थ्य सेवातिर ध्यान दिनुपर्नेमा वताए । उनले जिल्लास्थित स्थानीय तहलाई यसमा सहयोग समन्वय गर्न आग्रह गरे ।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी र भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले जडिबुटीको प्रचुर सम्भावना बोकेको यस क्षेत्रमा स्थानीय सरकारबाटै जडिबुटी उत्पादन सम्बन्धिको कार्यक्रम बनाएर लैजाने बताए ।आयुर्वेद स्वास्थ्य सेवा सञ्चालनको लागि आवश्यक सहयोग समन्वय गर्न सधै तत्पर रहने प्रतिबद्धता उनीहरुले बताए।

आयुर्वेद स्वास्थ केन्द्र रुकुम पुर्वका कार्यलय प्रमुख बिष्णु हरि आचार्य ( योगिराज) ले आयुर्वेद चिकित्सा पर्तिको नागरिक बिश्वास बढाउन योग तथा स्वस्थ जीवन कार्यक्रम निकट भबिस्य मै सुरु गरिने वताए।उनले रुकुमेली जनतालाई आयुर्वेद चिकित्सा पद्धतिवाट लाभ लिन समेत आग्रह गरे ।

सम्बन्धित शिर्षक :