पश्चिम नेपाल बस प्रालीद्धारा रक्तदान ८५ युनिट रगत संकलन

स्वास्थ्यसमाचार/पश्चिम नेपाल बस व्यवसायी प्रालिले आफ्नो स्थापनाको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । प्रालीको कार्यालय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रम अध्यक्ष दधिराम खरेलले शुभारम्भ गरेका थिए।

प्रालीले यसअघि पश्चिम नेपाल बस व्यवसायी संघको स्थापना कालदेखि नै विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम गर्दै आएको थियो । हालैमात्र पश्चिम नेपाल बस व्यवसायी संघलाई रहेकोमा गरि पश्चिम नेपाल बस व्यवसायी प्रँलि नामाकरण गरिएको हो ।

संघले आफ्नो स्थापनाको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेजस्तै यसवर्ष पनि ति कार्यक्रमलाई निरन्तरता दिईएको प्रँलिका अध्यक्ष्ँ दधिराम खरेलले जानकारी दिए । रक्तदान कार्यक्रममा यातायात व्यवसायी, मजदुर तथा सर्वसाधारण गरी ८५ जनाले रक्तदान गरेको प्रालीले जनाएको छ ।

त्यसैगरी प्रालीको स्थापनाको अवसरमा ६ लेन सडकको डिभाईडरमा वृक्ष्ाँरोपण गर्ने कार्यक्रम समेत तय गरिएको अध्यक्ष्ँ खरेलले जानकारी दिए । प्रालीले यसअघि संघका पूर्वअध्यक्ष्ँहरुको नामबाट स्थापित अक्षयकोषको रकमबाट तिलोत्तमा नगरपालिका वडा नं. १ स्थित दुर्गादत्त माविलाई आर्थिक सहयोग गर्ने कार्यक्रम रहेको जनाएको छ ।

त्यस्तै हालै गुल्मी जिल्लाको सत्यवती गाउंपालिकाका विभिन्न स्थानमा गएको पहिरो प्रभावित व्यक्तिहरुलाई भांडाकुंडा लगायतका राहत सामग्री प्रदान गरिने अध्यक्ष्ँ खरेलले जानकारी दिए । प्रालिले छिट्टै नै विपद् व्यवस्थापन तथा राहत कोष स्थापना गर्ने सोंच बनाएको अध्यक्ष खरेलले जानकारी दिए ।

सम्बन्धित शिर्षक :