ओमिक्रोन देखिएका ९ देशबाट नेपाल आउने यात्रुलाई प्रवेशमा रोक

स्वास्थ्यसमाचार/कोभिड–१९ को नयाँ भेरियन्ट ओमीक्रोन संक्रमण जोखिमका कारण सरकारले ९ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्द लगाएको छ ।मंसिर १३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बिहीबार राति १२ बजेपछि लागू हुनेगरी नेपाल प्रवेशमा रोक लगाइएको हो ।

ती मुलुकमा दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङ छन् ।ती मुलुकमा भ्रमण गरेर र ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने यात्रुलाई प्रवेशमा रोक लगाइएको हो । सरकारबाट आदेश जारी हुँदाका बखत ती मुलुकमा ट्रान्जिटमा रहेका सम्पूर्ण यात्रु नेपाल आएपछि आफनै खर्चमा ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोखिमयुक्त मुलुकको पहिचान गरी सोको जानकारी अध्यागमन विभागलाई उपलब्ध गराउने छ । अध्यागमन विभागले सोही आधारमा यात्रा सुझाव जारी गर्नेछ ।जोखिमयुक्त मुलुकबाट नेपाल भ्रमणमा आउने यात्रुलाई अनअराइभल भिसा पनि नदिने निर्णय सरकारले गरेको छ । ती मुलुकबाट नेपाल भ्रमण गर्ने यात्रुले आफ्नै खर्चमा अनिवार्य ७ दिन होटल क्वारेन्टिनमा बस्नु नियम पनि सरकारले बनाएको छ ।

क्वारेन्टिन अवधिमा लक्षण देखिएमा तत्कालै र अन्य अवस्थामा सातौँ दिनमा आरटी, पीसीआर विधिबाट परीक्षण गर्नुपर्नेछ । नतिजा पोजेटिभ आएका व्यक्तिलाई तोकिएको आइसोलेशन केन्द्र वा अस्पतालमा पठाइनेछ ।नेपाल प्रवेश गर्न भिसा आवश्यक पर्ने अन्य मुलुकका विदेशी नागरिकलाई अध्यागमनसम्बन्धी प्रचलित कानूनबमोजिम अध्यागमन विन्दुमा प्रवेशाज्ञा दिइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सम्बन्धित शिर्षक :