मायादेवी : १ धमैलीस्वास्थ्यचौकीमा ल्यावसेवा समुद्घाटन

स्वास्थ्यसमाचार /मायादेवी गाउँपालिकाको वडामा १मा रहेको धमैली स्वास्थ्यचौकीमा ल्याव सेवा उदघाटन भएको छ। जेष्ठ वडा सदस्य रामऔतार अहिरको अध्यक्षतामा गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथी धुर्वनारायण चौधरीले प्रयोगशालाको समुदघाटन गरे ।

उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले मायादेवी गाउँपालिकाले स्वास्थ्यक्षेत्रमा ठुलो लगानी गरि घरदैलोमा गुणस्तरीय सेवा बिस्तार गरेको बताए।

उदघाटन कार्यक्रममा मायादेबी गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रममा बिशिष्ठ अतिथी तारादेवी यादव,स्वास्थ्य संयोजक भाष्कर आत्रेय, ब्यबस्थापन समितिका सदस्य बिजय वहादुर त्रिपाठी समाज सेवी श्रीराम यादव नेपाली काग्रेसका सभापति पदम भन्डारी,वडा सचिब राम किशुन दुषादले शुभकामना मन्त्ब्य राख्दै जनतालाई सहज स्वास्थ्य सेवा पुराउदै सबै वडामा भएका स्वास्थ्यसंस्थामा गुणस्तरी ल्याब संवा संञ्चालन गर्न गाउँपालिकाको ध्यान जानुपर्ने बताए ।

उक्त कार्यक्रममा नयाँ आगन्तुक सिअहेब कमला अर्याल र अनमी सोभा खनाल स्वागत र सिता फुलेललाई बिदाई गरिएको थियो ।अहेब सारदा पोखरेलेको स्वागत ,स्वास्थ्यचौकी प्रमुख नन्दाराम पौडेलको संञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

सम्बन्धित शिर्षक :