स्वास्थ्यसमाचार/नेपाल नर्सिङ संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र बुझाएको छ।संघका पदाधिकारीहरु मन्त्रीलाई ज्ञापनपत्र बुझाउन मंगलबार स्वास्थ्य मन्त्रालयमा पुगेको थिए।
विभिन्न अस्पताल, स्वास्थ्य संस्थाहरुमा रात्रीकालिन ड्युटी खटिने नर्सहरुको समायावधि अधिंक एवंम जोखिमपूर्ण भएकाले रात्रीकालिन भत्ता वृद्धि गर्न संघले अपिल गरेको छ।रात्रीकालिन भत्ता एक हजार र लुगा भत्ता ९बार्षिक दश हजार हुनेपर्ने माग स्वास्थ्यमन्त्री समक्ष राखिएको संघको अध्यक्ष प्रा मन कुमारी राईले बताइन्।
ज्ञापनपत्रमा कोभिड भत्ता, रात्री भत्ता, पोसाक भत्ता, स्तर वृद्धि, बिरामीको अनुपात अनुसार नर्सको दरबन्दी हुनुपर्ने लगायतका माग समेटिएको छ ।त्यसैगरी न्यूनतम पारिश्रमिक, उच्च शिक्षा अध्ययनको लागि कोटा छुट्याउने साथै नीति निर्माणमा नर्सको उपस्थित हुनुपर्ने जस्ता माग समेत राखिएको छ ।
प्रतिकया दिनुहोस्