मृगौलापीडित ठकुरीको उपचारका लागि लायन्स भैरहवा ग्रीन सिटीद्वारा सहयोग

स्वास्थ्यसमाचार /सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले मृगौलासम्बन्धि समस्या भएका विरामीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

क्लबले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ गोलिगढका पृथ्वी बहादुर जियु ठकुरीको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको हो । ठकुरीको उपचारका लागि केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उनको घरमा पुगेर ५६ हजार ५ सय २५ रुपैयाँ हस्तान्तरण गरिएको क्लबका वर्ष २०२१/२२ का अध्यक्ष गोविन्द प्रसाद गिरीले बताए ।

मृगौलाले काम गर्न छाडेपछि उनले आफूसंग भएको सबै जायजेथा र रकम खर्चेर उपचार गराउदा समेत अहिलेसम्म निको हुन सकेको छैन । ठकुरीलाई यतिबेला मृगौलाको डायालासिस र औषधि खरिद गर्न पनि हम्मेहम्मे परेपछि दिलिप बस्यालको सक्रियता तथा संयोजनमा ग्रीन सिटीले आफ्ना सदस्यहरुले दिएको सहयोग रकम संकलन गरी हस्तान्तरण गरेको हो ।

वर्ष २०२१/०२२ का अध्यक्ष गोबिन्द प्रसाद गिरीको समाजको लागि संगसंगै भन्ने मूल नाराका साथ यस वर्ष भैरहवा ग्रीन सिटी सामाजिक अभियानमा होमिएको छ ।कार्यक्रममा बोल्दै प्रमुख अथिति सिद्धार्थनगर–९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले लायन्सले गरेको कामको प्रशंसनीय मानवीय सेवामा लायन्सहरुको भिडमा ग्रीन सिटीको काम उल्लेखनीय रहेको बताए । उनले आफ्नो वडामा परेको समस्यामा आफूले पनि सहयोग गर्ने तथा उपचारको लागि गरिएको यो सहयोगले औषधि उपचारमा सहयोग हुने विश्वास लागेको बताए।

विशिष्ट अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका एक्जुकेटिभ चिफ महेशचन्द्र थापाले स्थापना कालदेखि नै लायन्स भैरहवा ग्रीन सिटी मानवीय सेवामा लागेकोले डिष्ट्रिकले पनि उच्च मुल्यांकन गरेको बताए । कार्यक्रममा स्थानीयवासी समेत रहेका लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका उपसचिव विजय पाण्डेले मानवीय सेवा भावले ओतप्रेत भएका सदस्यहरुको सहभागिता रहेको लायन्स कल्ब अफ भैरहवा ग्रीन सिटीले आर्थिक समस्याको कारण उपचार गराउन समस्या भएका पृथ्वी बहादुर जियुको उपचारकोलागि घरमै पुगि सहयोग गर्नु उदाहरणीय काए भएको बताए ।

उनले ग्रीन सिटीको सदस्यहरुको उर्जा र उत्साहले लायन्स डिष्ट्रिकमा समेत हौसला सृजना गरेको बताए । वर्ष २०२१/०२२ का अध्यक्ष गोबिन्द प्रसाद गिरिले लायन्स सामूहिक भावले सञ्चालित हुने हुँदा क्लबले यस वर्ष समाजको लागि संगसंगै भन्ने थिम राखेको बताए । हामी सामाजिक सेवा म वा मेरो अगुवाइमा होईन हामी र हाम्रो अगुवाइमा सबै संगसंगै गर्न चाहन्छौ । यसैले हामीले नारा पनि समाजको लागि संगसंगै भन्ने तय गरेका हौं ।’

ग्रीन सिटीका सचिव थानेश्वर पाण्डेको सञ्चालन दिलिप बस्यालको संयोजनमा पिडित परिवारकै घरमा पुगेर सहयोग कार्यक्रम सम्पन्न भएको क्लबका कोषाध्यक्ष बिना पौडेलले जानकारी दिइन ।

सम्बन्धित शिर्षक :