कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक डा खनाल नियुक्त

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनाल कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक बनाईएको वनाईएको छ ।

लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टबाट डा. राजेन्द्र खनाललाई हटाई कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक वनाईएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । डा खनालको ठाउमा अस्पतालका अर्काे डाक्टर ईन्द्र ढकाललाई नियुक्त गरिएको छ ।

यस्तै बैठकले लुम्बिनी प्रदेशमा कोभिड १९ महामारीको चुस्त दुरुस्त व्यवस्थापन गर्नका लागि कोभिड विशेष अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

सम्बन्धित शिर्षक :