रुपन्देहीमा विषालु च्याउ खाँदा १६ जना बिरामी

स्वास्थ्यसमाचार/रुपन्देहीका रोहिणी गाउँपालिका १ चनुली र सम्मरीमाई गाउँपालिका ५ थुमुवा पिपरहवामा विषालु च्याउ खाँदा दुई परिवारका १६ जना बिरामी परेका छन्।

जथाभावी रुपमा उम्रिएको विषालु च्याउ खाँदा बिरामी भएका उनीहरुको भैरहवा स्थित भिम अस्पतालमा उपचार भईरहेको छ। रोहिणीको चनुलीमा नदी किनारमा उम्रिएको च्याउ खाएपछि लोहार परिवारका ७ जना र सम्मरीमाई गाउँपालिका ५ थुमुवा पिपरहवामा घर क्षेत्रमा उम्रिएको च्याउ खाएपछि हरिजन परिवारका ९ जना बिरामी परेको भीम अस्पतालले जनाएको छ ।

केही दिनअघि पनि रोहिणी गाउँपालिका २ मा विषालु च्याउँ खादाँ ९ जना बिरामी परेका थिए। अस्पतालमा उपचारत दुई परिवारका १६ जनाको स्वास्थ्य अवस्था समान्य रहेको भैरहवा भीम अस्पतालका चिकित्सक डा त्रिलोचन पन्थीले वताए। वर्षायाममा जथाभावी उम्रिने च्याउ खादाँ विरामी पर्न सकिने भएकाले त्यस्तो च्याउ नखान डा पन्थीले आग्रह गरे ।

सम्बन्धित शिर्षक :