लुम्बिनी र भिम अस्पतालमा साउन ८देखी बैदेशिक रोजगारीमा जानेलाई जोनसनको खोप लगाउने

स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लाका २ अस्पतालमा भोली साउन ८ गते देखी कोरोना विरुद्धको जोनसनको खोप अभियान सुरुहुने भएको छ । साउन ८ देखी खोप लगाउने जिल्ला कोभिड समन्य समितिको निर्णय भएको हो ।

जिल्लाका २ अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल र भिम अस्पतालमा खोपलगाईने भएको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा राजेन्द्र गिरीले बताए ।डा गिरीका अनुसार खोप वैदेसिक रोजगारीमा जानेलाई मात्र दिने निर्णय भएको बताए ।

डा गिरीले खोपलगाउन जानेले अनिर्बाय रुपमा भिषा पार्सपोट अनिबार्य लिएर आउनु पर्ने बताए। उनले आफुलाई पायक पर्ने ती केन्द्रहरुमा गर्ई खोप लगाउन आग्रह गरे ।जोनसनको खोप एकपटक लगाए पुग्छ । कोभ्याक्स सुविधामार्फत अमेरिकाले नेपाललाई १५ लयख ३८ हजार खोप उपलव्ध गराएको थियो ।

सम्बन्धित शिर्षक :