गृहमन्त्री खाणद्वारा अमुवा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान

स्वास्थ्यसमाचार /गृहमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले रुपन्देही जिल्लाको सियारी गाउँपालिकास्थित पश्चिम अमुवा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्रीहरू पठाएका छन् ।

मन्त्री खाणले पठाएको स्वास्थ्य सामग्रीहरूलाई बिहीबार रुपन्देही कांग्रेसका नेताहरूले स्वास्थ्य चौकीमा बुझाएका छन् । पश्चिम अमुवाको स्वास्थ्य चौकी कोरोनाको अस्थायी अस्पताल पनि हो ।

मन्त्री खाणले १ थान अक्सिजन कन्सन्ट्रेटर, २२ थान पीपीई सेट, ४० लिटर सेनिटाइजर, २ थान पल्स अक्सिमिटर, ४ बक्स सर्जिकल मास्क, २ बक्स पञ्जा, ६ पोका अक्सिजन पाइप, १० थान फेस शिल्ड, २ जोर बुट, चार थान बेड सेट लगायतका अन्य सामग्रीहरू उपलब्ध गराएको स्वास्थ्य चौकीका प्रमुख दीपेन्द्र जिालले जानकारी दिएका छन् ।

कांग्रेस नेता खाणले आफ्नो निर्वाचन क्षेत्रका जनताको स्वास्थ्यको ख्याल गर्दै बेलाबेला स्वास्थ्य सामग्रीहरू पठाउँदै आएका छन् । उनले रुपन्देही जिल्लाका अस्पतालदेखि विभिन्न स्वास्थ्य संस्थाहरूलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेका छन् ।

 

सम्बन्धित शिर्षक :