रुपन्देहीमा १४७ को पिसीआर परिक्षणमा ९नयाँसंक्रमित ३ मुक्त

स्वास्थ्यसमाचार /रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा १सय ४७ जनाको कोरोना परीक्षण गरिएको मा ९जना नयाँ संक्रमित थपिएका छन ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका, देवदह नगरपालिकामा २/२ जना, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका र शुद्धोधन गाउपालिकामा १/१ जना संक्रमित थपिएका हुन ।

भने पछिल्लो २४ घण्टामा ३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान नगएको वताए।

जिल्लामा हालसम्म ५सय ६ जनाको कोरोनाबाट मृत्यु भएको वताउदै अहिले संक्रिय संक्रमितको संख्या ३सय३४ रहेको वताए ।

 

सम्बन्धित शिर्षक :