चीनबाट नेपाल आइपुग्यो आठ लाख डोज भेरोसेल खोप

स्वास्थ्यसमाचार/ चीनबाट आज ‘बिहीबार’ आठलाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । हिजो बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाजले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

आजै फेरि जहाज खोप लिन बेइजिङ जाने निगमले जनाएको छ । पर्सी ९ गते जाने जहाजले १० गते फेरि खोप नेपाल ल्याउने छ । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाइसकेको छ ।

सम्बन्धित शिर्षक :