तिलोत्तमाको आनन्दबन स्वास्थ्य चौकीमा मानसिक रोगको उपचार सुरु

स्वास्थ्यसमाचार/  तिलोत्तमा नगरपालिकाको आनन्दबन स्वास्थ्य चौकीमा विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा मानसिक स्वास्थ्य सेवा र फुल बोडी चेकअपको सुरु गरिएको छ। हाम्रो राष्ट्रिय प्राथमिकता – सबैको निम्ति मानसिक सुस्वास्थ्यको व्यवस्था भन्ने मूल नारासहित रहेको सचेतना तथा अभिमुखीकरण कार्यक्रमको नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल र वडा अध्यक्ष गणेश पाठकले फुल बोडी चेक अप गरि समुद्घाटन गरे । आजै देखि ल्याब टेस्ट सहितको होल बोडी चेकअप ( फुल बोडी चेक अप ) को समेत शुरुवात गरिएको छ। १५ शैयाको अस्पाताल निर्माणको चरणमा रहेको सो…