वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेत सम्मानित

स्वास्थ्यसमाचार/  सिद्धबाबा हस्पिटलका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेत सम्मानित भएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममाझ मदन भण्डारी स्पोर्टस एकेडेमीले डा. बस्नेतलाई सम्मानित गरेको हो । एकेडेमीको १४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा एकेडेमीका संरक्षकसमेत रहेका प्रमुख अतिथी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सम्मानपत्रसहित सम्मानित गरेका थिए । मदन भण्डारी स्पोर्टस एकेडेमीले ‘सबैका लागि खेल’ भन्ने नाराका साथ आफ्नो स्थापना दिवस मनाएको हो । कार्यक्रममा विशिष्ट अतिथीका रुपमा मदन भण्डारी फाउण्डेसनकी अध्यक्ष उषा किरण भण्डारी रहेकी थिइन् । साथै, उक्त कार्यक्रममा खेलाडी,…