दादुरा रोग परिचय नियन्त्रण र रोकथामका उपायहरु

परिचयः– दादुरा एक संक्रामक रोग हो जुन मिजल्स भाईरसको कारणले गर्दा हुन्छ । यो Virus para-myxo group अन्तर्गत पर्दछ । यो रोग कुनै पनि उमेरको मानिसलाई हुन सक्ने भए पनि ५ वर्ष मुनिका बालबालिकामा विशेष देखिन्छ, र निकै संक्रामक हुनाले छिट्टै महामारीको रुप लिन सक्छ । दादुरा रोगको सर्ने तरिकाः– दादुरा सामान्यतया प्रत्यक्ष सम्पर्क र हावामार्फत (air borne) सर्दछ । भाइरसले श्वासप्रश्वास नलीमा संक्रमण गर्छ त्यसपछि शरीरभरी फैलिन्छ । यो भाइरस मानिसमा मात्र सर्छ हाल सम्म अन्य जिबमा देखिएको छैन । दादुरा रोगको चिन्ह लक्षणहरुः– दादुराको पहिलो लक्षण उच्च ज्वरो…