आम्दालाई विशेषज्ञ जनशक्ति र विशिष्ट सेवा प्रदान गर्ने संस्था बनाईने

स्वास्थ्यसमाचार/ बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताललाई विशिष्ट सेवा प्रदान गर्ने र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने स्वास्थ्य संस्थाका रुपमा विकसित गरिने भएको छ । बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको संयुक्त साझेदारीमा सञ्चालित अस्पतालको २४ औं साधारण सभाको अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पताललाई विशिष्ट सेवा प्रदान गर्ने र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने स्वास्थ्य संस्थाका रुपमा विकास गर्ने बताउनुभयो । अस्पताल सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका पाण्डेयले महिला तथा बालबालिकाको उपचारका लागि प्रदेशस्तरको सुविधासम्पन्न अस्पताल र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने गरी प्रक्रिया अगाडि बढाइएको बताउनुभयो…