स्वास्थ्यसमाचार /प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कोभिड १९ को पिसिआर परिक्षणकालागि पूर्ण स्वचालित मेसिन जडान गरिएको छ । यो सँगै लुम्बिनी प्रदेशमा तीनवटा पूर्ण स्वचालित मेसिन जडान भएका छन् ।
स्वचालित आरएनए एक्सट्रक्सन मेसिनबाट पिसिआर परिक्षण गर्दा एक घण्टामा रिपोर्ट तयार हुन्छ । म्यानुअली आरएनए एक्सट्रक्सन गर्दा ६ घण्टा समय लाग्थ्यो । प्रयोगशालामा जडान भएको स्वचालित मेसिनले एक पटकमा २४ वटा नमूना जाँच गर्न मिल्छ । म्यानुअलको तुलनामा स्वचालित मेसिनले जनशक्ति र समय दुबै कम लाग्ने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका ईञ्चार्ज प्रेम यादवले जानकारी दिए ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले एक पटकमा ९६ वटा पिसिआर जाँच गर्न मिल्ने पूर्ण स्वचालित मेसिनको समेत खरिद सम्झौता गरिसकेको छ । बिश्व बजारमा प्रयोगमा आएका नयाँ प्रविधियुक्त उपकरणहरु प्रयोगशालाहरुमा जडान गर्दै जाने सामाजिक विकास मन्त्री सुदर्शन बरालले वताए ।
दायरा बढाउन म्यानुअल र स्वचालित दुबै मेसिनले परिक्षण भैरहेको र दशैँ अघि संक्रमण भएका सबै ब्याक्तिलाई पहिचान गरेर संक्रमण समुदाय स्तरमा फैलिन रोक्ने मन्त्री बरालको दाबी छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा अहिले ६ सय बढी नमूनाको लाम छ । पूर्ण स्वचालित मेसिनले परिक्षण थालेपछि त्यो लाम कम हुने प्रयोगशालाले जनाएको छ । अहिलेसम्म प्रयोगशालामा ३० हजार बढी नमूना परिक्षण भएको तथ्यांक छ । प्रदेश पाँचमा ६ वटा सरकारी र दुई वटा निजि प्रयोगशालाबाट पिसिआर परिक्षण भैरहेको छ ।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बाँकेको भेरी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरि तीनवटा पूर्ण स्वचालित मेसिन छन् । प्रदेश प्रयोशालालाई संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)ले मेसिन उपलब्ध गराएको हो ।
प्रतिकया दिनुहोस्