स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको क्यान्टीन सञ्चालनका लागि नयाँ ठेक्का प्रक्रिया सम्पन्न भएको छ । नयाँ सम्झौतासँगै अस्पतालले क्यान्टीनबाट प्राप्त गर्ने आम्दानीमा ठूलो वृद्धि हुने भएको छ ।
अस्पतालका अनुसार यसअघि क्यान्टीनबाट वार्षिक करिब १८ लाख रुपैयाँ र मासिक १ लाख ५० हजार रुपैयाँ मात्र आम्दानी हुँदै आएको थियो । नयाँ ठेक्का सम्झौतापछि भने अस्पतालको वार्षिक आम्दानी १ करोड ३३ लाख रुपैयाँभन्दा बढी पुग्नेछ ।
नयाँ सम्झौताअनुसार क्यान्टीन सञ्चालकले अस्पताललाई मासिक ११ लाख ११ हजार १११ रुपैयाँ बुझाउनेछ । यो सम्झौता पाँच वर्षका लागि गरिएको अस्पतालले जनाएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. विष्णु गौतमले क्यान्टीन सञ्चालनका लागि नयाँ ठेक्का भएको जानकारी दिनुभयो । उहाँले नयाँ व्यवस्थापनबाट अस्पतालको आम्दानी वृद्धि हुनुका साथै सेवाको गुणस्तरमा समेत सुधार आउने अपेक्षा गरिएको बताउनुभयो ।
अस्पतालका प्रशासन प्रमुख प्रेम गौतमका अनुसार ठेक्का प्रक्रियाका सबै काम सम्पन्न भइसकेका छन् अब केही दिनभित्रै नयाँ व्यवस्थापनले अस्पतालको क्यान्टीन सञ्चालन गर्ने गौतमले बताउनु भयो । प्रतेक बर्ष सम्झौता अनुसार प्रतिश बढने नियम मसेत रहेको गौतमले बताउनु भयो ।
उहाँका अनुसार नयाँ व्यवस्थापन आएपछि अस्पतालमा आउने बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई थप व्यवस्थित र गुणस्तरीय क्यान्टीन सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताउनु भयो । अस्पताल प्रशासनले क्यान्टीन व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित बनाउँदै आन्तरिक स्रोत वृद्धि गर्ने योजना अनुसार नयाँ ठेक्का प्रक्रिया गरेको बताईएको छ ।


प्रतिकया दिनुहोस्