स्वास्थ्यसमाचार / विश्व महिनावारी स्वच्छता दिवस–२०२६ को अवसरमा “महिनावारी स्वास्थ्य र पुरुषको सहभागिता” विषयक जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता बुटबलमा सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा सम्पन्न प्रतियोगितामा जिल्लाका ८ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा कालिका मानव ज्ञान माध्यमिक विद्यालयकी विद्यार्थी प्रकृति अधिकारी प्रथम भइन् । उनले नगद २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरिन् । त्यसैगरी रामपुर माध्यमिक विद्यालय की सुस्मिता पाण्डेय द्वितीय भइन् । उनले नगद १ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरिन् । यस्तै देवदह माध्यमिक विद्यालय की सलिना सारु तृतीय भइन् । उनले नगद १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख जनस्वास्थ्य प्रशासक उमादेवी थापा को अध्यक्षता कालिका मानब ज्ञान माबिका प्रार्चाय दिनेश थापा विशिष्ट आतिथ्यमा तथा शिक्षा कार्यालय रुपन्देहीका जिबन खनाल, बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे, स्वास्थ्य तालिम केन्द्रकी नर्सिङ प्रशासक विद्या खत्री र जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीकी जनस्वास्थ्य अधिकृत वि वेक ज्ञाबली र श्रृष्टी कुबर लगायतको सहभागीता रहेको थियो ।
प्रतियोगितामा स्वागत मन्तव्य राख्दै बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले भन्नुभयो, “महिनावारी स्वच्छता केवल स्वास्थ्यसँग सम्बन्धित विषय मात्र होइन, यो सम्मान, समानता र सामाजिक चेतनासँग जोडिएको विषय हो। यसमा पुरुषहरूको सक्रिय सहभागिता बिना पूर्ण रूपमा सकारात्मक परिवर्तन सम्भव हुँदैन। विद्यालय र समुदाय स्तरबाट सचेतना फैलाउन सके मात्र हामीले विभेदरहित समाज निर्माण गर्न सक्छौँ।”
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले महिनावारी स्वास्थ्यका विषयमा समाजमा अझै पनि विभिन्न भ्रम र विभेद कायम रहेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताए । विशेषगरी पुरुषहरूको सकारात्मक सोच, व्यवहार र सहयोगले महिनावारीसम्बन्धी विभेद न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ थियो ।
कार्यक्रममा बोल्दै कालिका मानव ज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश थापाले विद्यार्थीहरूको वक्तृत्व क्षमता, आत्मविश्वास र विषयवस्तुप्रतिको बुझाइ अत्यन्त राम्रो रहेको बताउनु भयो । उहाले महिनावारी जस्तो संवेदनशील विषयमा विद्यार्थीहरूले खुलेर आफ्ना धारणा राख्नु सकारात्मक संकेत भएको उल्लेख गर्दै विद्यालयस्तरबाट यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने वताउनु भयो ।
त्यसैगरी स्वास्थ्य प्रमुख जनस्वास्थ्य प्रशासक उमादेवी थापाले महिनावारी प्राकृतिक र जैविक प्रक्रिया भएकाले यसलाई लाज वा संकोचको विषयका रूपमा लिन नहुने वताउनु भयो । उहाले महिनावारी स्वास्थ्य व्यवस्थापनमा पुरुषहरूको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै परिवार, विद्यालय तथा समाजले सहयोगी वातावरण निर्माण गर्न आवश्यक रहेको धारणा राख्नु भयो।
कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कार्यक्रम फोकल पर्सन प्रभाश पन्थीले गर्नु भएको थियो ।


प्रतिकया दिनुहोस्