नेपाल चिकित्सक संघको निर्वाचन नयाँ मितिमा : उपत्यका बाहिर बैशाख ४–५, भित्र १७–१८ गते

स्वास्थ्यसमाचार/ नेपाल चिकत्सिक संघको यसअघि रोकिएको निर्वाचनको नयाँ मिति तय भएको छ । संघको कार्यालयमा आज बसेको सर्वपक्षीय बैठकले काठमाडौँ उपत्यका बाहिर बैशाख ४ र ५ गते तथा काठमाडौँ उपत्यका भित्र बैशाख १७ र १८ गते हुने गरी तय गरेको छ ।

यसअघि गत ११ बैशाखमा संघले संसोधित तालिका भन्दै नयाँ मिति सार्वजनिक गरेको थियो । तर त्यसलाई पनि संसोधन गर्दै आज नयाँ मिति तय गरेको हो ।

गत माघमा तय भएको निर्वाचनको उम्मेदवारीमा विवाद पर्दै अदालतसम्म पुगेपछि रोकिएको थियो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :