नेपालको नर्सिङ पेशा पछिल्लो समय गम्भीर Motivation सङ्कटको चपेटामा परेको छ। स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड मानिने नर्सहरू कार्यस्थलमा बढ्दो असन्तुष्टि, सीमित अवसर र न्यून मनोबलका कारण निराश बन्दै गएका छन्। यस अवस्थालाई व्यवस्थापनशास्त्री Frederick Herzberg ले प्रतिपादन गरेको Two-Factor Theory (Motivation–Hygiene Theory) का आधारमा विश्लेषण गर्दा समस्या अझ स्पष्ट रूपमा उजागर हुन्छ।
हर्जबर्गका अनुसार कार्यस्थलमा सन्तुष्टि र असन्तुष्टि दुई पृथक् पक्ष हुन्—‘मोटिभेटर’ र ‘हाइजिन’ फ्याक्टर। यस सिद्धान्तकाअनुसार काममा सन्तुष्टि र असन्तुष्टि फरक–फरक कारणले उत्पन्न हुन्छ।
________________________________________
१) दुई प्रकारका कारक (Factors)
(A) Hygiene Factors (स्वच्छता/आधारभूत तत्व)
यी तत्व नहुँदा असन्तुष्टि हुन्छ, तर भए मात्रले उच्च प्रेरणा आउँदैन।
• तलब (Salary)
• कामको सुरक्षा (Job security)
• कार्यस्थलको वातावरण
• प्रशासनिक नीति
• सुपरभिजन
• सहकर्मी सम्बन्ध
(B) Motivators (प्रेरक तत्व)
यी तत्व हुँदा काममा सन्तुष्टि र उत्साह बढ्छ।
• उपलब्धि (Achievement)
• प्रशंसा (Recognition)
• जिम्मेवारी (Responsibility)
• उन्नति (Promotion)
• व्यक्तिगत विकास (Growth)
👉 यी तत्व बलियो हुँदा कर्मचारीमा उच्च प्रेरणा आउँछ।
नेपालमा नर्सिङ पेशाको वर्तमान अवस्था (Herzberg को आधारमा )
१) Hygiene Factors (आधारभूत पक्ष) – वर्तमान अवस्था
• तलब र सेवा–सुविधा
अन्तर्राष्ट्रिय स्तरको तुलनामा नेपाली नर्सहरूको तलब कम छ, जसले पेशागत असन्तुष्टि बढाएको छ। निजी अस्पतालमा तलब अझ कम रहेको छ
• कामको सुरक्षा (Job Security)
धेरै नर्सहरू करार/अस्थायी नियुक्तिमा कार्यरत छन्।जसका कारण जागिरको असुरक्षा महसुस छ, जसले पेशागत मनोबल र दीर्घकालीन प्रतिबद्धतामा नकारात्मक प्रभाव पारेको छ
• कार्यस्थल सुरक्षा अभाव/ कार्य वातावरण
ड्युटीका क्रममा पर्याप्त सुरक्षा र सुरक्षित कार्य वातावरणको कमी देखिन्छ
बिरामीको चाप धेरै तर जनशक्ति र उपकरण सीमित हुँदा तनाव बढिरहेको छ।नर्स र बिरामीको अनुपात नमिल्नु
• प्रशासनिक व्यवहार
निर्णय प्रक्रियामा नर्सहरूको कम सहभागिता ,व्यवस्थापनबाट पर्याप्त समर्थन नपाउनु
यी कारणले असन्तुष्टि बढेको छ र विदेश पलायन (brain drain) तीव्र भएको छ।
२) Motivators (प्रेरक पक्ष) – वर्तमान अवस्था
• प्रशंसा र मान्यता
नर्सहरूको योगदानलाई कम महत्व दिइने प्रवृत्ति
• पदोन्नति अवसर
सीमित करियर प्रगति,
विशेषज्ञ नर्सिङ पदको अभाव
• तालिम र विकास
निरन्तर तालिमको अभाव,अनुसन्धानमा कम अवसर
• निर्णय प्रक्रियामा सीमित सहभागिता
• नीति निर्माणमा प्रतिनिधित्वको अभाव
यसले पेशागत सन्तुष्टि घटाएको छ।
नेपालको नर्सहरूका सन्दर्भमा तलब, सेवा–सुविधा, कार्यपरिस्थिति, सुरक्षा र प्रशासनिक व्यवहारजस्ता ‘हाइजिन’ पक्षहरू नै सन्तोषजनक नभएको गुनासो व्यापक छ। धेरै नर्सहरूले अत्यधिक कार्यभार, सीमित स्रोत–साधन र न्यून पारिश्रमिकका बीच काम गर्नुपरेको अवस्था छ। यी आधारभूत पक्षहरू कमजोर हुँदा असन्तुष्टि बढ्नु स्वाभाविक हुन्छ।
त्यसैगरी, ‘मोटिभेटर’ फ्याक्टर—जस्तै उपलब्धिको अनुभूति, प्रशंसा, पदोन्नति, जिम्मेवारी र पेशागत विकासका अवसर—पनि पर्याप्त रूपमा उपलब्ध छैनन्। दक्ष र अनुभवी नर्सहरूलाई समेत समान अवसर नपाउँदा उनीहरू विदेश पलायनतर्फ आकर्षित भइरहेका छन्। यसले स्वास्थ्य क्षेत्रमा “ब्रेन ड्रेन” को समस्या झनै गहिरो बनाएको छ।
अब के गर्नुपर्छ? (Herzberg को आधारमा सुधार उपाय)
नेपालको नर्सिङ क्षेत्रमा देखिएको असन्तुष्टि र मोटिभेसन सङ्कट समाधान गर्न सर्वप्रथम आधारभूत संरचनात्मक पक्ष सुदृढ गर्नु आवश्यक छ। हर्जबर्गको Frederick Herzberg द्वारा प्रतिपादित दुई–कारक सिद्धान्तअनुसार “हाइजिन फ्याक्टर” सुदृढ नभएसम्म असन्तुष्टि हटाउन सकिँदैन।
त्यसैले नर्सहरूको योग्यता, दक्षता र जिम्मेवारीअनुसार उचित तलब तथा सेवा–सुविधा सुनिश्चित गर्नु, स्थायी नियुक्ति र कार्यसुरक्षामा वृद्धि गर्नु अत्यावश्यक छ। बिरामीको चापअनुसार पर्याप्त जनशक्ति व्यवस्था गर्दै नर्स–बिरामी अनुपात कायम गर्नु, सुरक्षित तथा सम्मानजनक कार्य वातावरण सिर्जना गर्नु र स्पष्ट नीति तथा पारदर्शी प्रशासन लागू गर्नु पनि उत्तिकै महत्वपूर्ण छ।
साथै, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक मेडिकल उपकरण र साधनहरूको उपलब्धता सुनिश्चित गर्नुपर्छ। यी उपायहरूले कार्यस्थलको असन्तुष्टि घटाउन महत्वपूर्ण भूमिका खेल्छन्।
यससँगै दीर्घकालीन पेशागत सन्तुष्टि र प्रेरणा बढाउन “मोटिभेटर” पक्षलाई पनि बलियो बनाउनुपर्छ। उत्कृष्ट कार्यको औपचारिक सम्मान तथा पुरस्कार प्रणाली स्थापना गर्दा नर्सहरूको आत्मगौरव र पेशागत पहिचान मजबुत हुन्छ। स्पष्ट पदोन्नति संरचना (Career Ladder) निर्माण गरी करियर विकासको सुनिश्चित मार्ग देखाउँदा दीर्घकालीन प्रतिबद्धता बढ्छ।
उच्च शिक्षा, तालिम, सर्टिफिकेसन तथा विशेषज्ञता अवसर उपलब्ध गराउनुका साथै अनुसन्धान र नेतृत्व विकास कार्यक्रममा नर्सहरूको सक्रिय संलग्नता गराउनु आवश्यक छ। त्यस्तै, नीतिगत निर्णय र व्यवस्थापकीय प्रक्रियामा नर्सहरूको प्रतिनिधित्व सुनिश्चित गर्दा उत्तरदायित्व, स्वामित्व भावना र आन्तरिक प्रेरणा वृद्धि हुन्छ। यसरी हाइजिन र मोटिभेटर दुवै पक्ष सन्तुलित रूपमा सुदृढ गरिएमा नर्सिङ पेशामा देखिएको मोटिभेसन सङ्कट न्यूनीकरण गर्न सकिन्छ।
निष्कर्ष
नेपालमा नर्सिङ पेशामा Hygiene र Motivator दुवै पक्ष कमजोर देखिन्छन्।Hygiene सुधार नगरी Motivation बढाउन सकिँदैन।तलब, सुरक्षा, वातावरण सुधार गर्नु पहिलो प्राथमिकता हुनुपर्छ।विशेषज्ञहरूका अनुसार नर्सिङ क्षेत्रमा दीर्घकालीन सुधारका लागि केवल तलब वृद्धि मात्र पर्याप्त हुँदैन; पेशागत सम्मान, स्पष्ट करियर पाथ, तालिम तथा नेतृत्वमा सहभागिता सुनिश्चित गरिनु आवश्यक छ।
यसरी Herzberg को सिद्धान्त लागू गर्दा नर्सिङ पेशा सुदृढ भई brain drain कम गर्न सकिन्छ।यदि हर्जबर्गको सिद्धान्तअनुसार हाइजिन र मोटिभेटर दुवै पक्षमा सन्तुलित सुधार गर्न सकिएन भने नेपालको नर्सिङ पेसामा देखिएको मोटिभेसन सङ्कट अझ जटिल बन्न सक्छ
समग्रमा, नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउन नर्सहरूको मनोबल उच्च राख्नु अपरिहार्य छ।
सैद्धान्तिक दृष्टिले हेर्दा हर्जबर्गको टू–फ्याक्टर थ्योरीले नर्सिङ पेशाको वर्तमान चुनौती बुझ्न स्पष्ट आधार प्रदान गरेको छ, व्यवहारमा प्रभावकारी सुधारात्मक कदम चाल्नु नै अहिलेको मुख्य आवश्यकता हो।लेखक पौडेल रोल्पा अस्पतालको नर्सिङ अधिकृत हुनुहुन्छ ।

प्रतिकया दिनुहोस्