स्वास्थ्यसमाचार/ भिम अस्पताल भैरहवाकी मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. शकुन्तला गुप्ताको काज फिर्ता भएको छ। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उनको काज फिर्ता गरिएको जानकारी दिएको छ।
मुख्यमन्त्री तथा मन्त्री परिषद्को हिजो (सोमबार) बसेको क्याबिनेट बैठकले डा. गुप्ताको काज फिर्ता गर्ने निर्णय गरेको बताइएको छ।
डा. गुप्ता २०८१ साल जेठ महिनामा लुम्बिनी प्रदेश सरकारको निर्णयअनुसार भिम अस्पताल भैरहवामा मेडिकल सुपरिन्टेन्डेन्ट पदमा नियुक्त भएकी थिइन्। काज फिर्ता भएपछि अब उनी पुनः लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत हुने भएको छ।

प्रतिकया दिनुहोस्