स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका १४ वटा अस्पतालहरु मध्ये बर्दिया अस्पताल प्रथम अर्घाखाँची अस्पताल दोस्रो र लुम्विनी प्रादेशिक अस्पताल तेस्रो भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा गत मंगलबार देखि बिहीबार (हिजो)सम्म चलेको प्रदेश स्तरीय बार्षिक समीक्षा गोष्ठीमा गत आर्थिक वर्षमा स्वास्थ्य कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेका स्वास्थ्य संस्थाहरुको मूल्यांकन नतिजा समेत सार्वजनिक गरिएको थियो ।
बुधबार सम्पन्न भएको बार्षिक समीक्षा कार्यक्रममा बर्दिया अस्पताल प्रथम हुँदा ६९.७४ प्रतिशत अंकका साथ अर्घाखाँची अस्पताल दोस्रो र ६८.७४ अंकका साथ लुम्विनी प्रादेशिक अस्पताल तेस्रो भएको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशन लाल चौधरीले बताउनु भयो।
यो संगै लगातार तीन पटक प्रथम भएर बर्दिया अस्पतालले उत्कृष्ठतामा ह्याट्रिक हानेको छ । यसअघि सो अस्पताल आर्थिक वर्ष ०७९/८०, ०८०/८१ पनि प्रथम भएको थियो ।पुरस्कृत स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य मन्त्री खेमबहादुर सारु स्वास्थ्य सचिब दुर्गा लक्ष्मी श्रेष्ठले प्रमाणपत्र सहित सम्मान गर्नु भएको थियो ।

प्रतिकया दिनुहोस्