लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशको समृद्धिका लागि ‘लाइफ लाइन’ स्वास्थ्यमन्त्री सारु

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सेवालाई गुणस्तर बनाउनका लागि अस्पताल परिवारले सामुहिक भावनाले काम गर्न निर्देशन दिनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा थप गरिएको महिला तथा प्रसुती शल्यक्रिया कक्षको उद्घाटन कार्यक्रममा स्वास्थ्यमन्त्री सारुले यस्तो बताउनु भएको हो ।उहाले प्रदेश सरकारले सबै स्वास्थ्य संस्थाहरुलाई नजिकबाट निगरानी राखेर मुल्याङ्कन गरिरहेको उल्लेख गर्दै मन्त्री सारुले आफ्नो जिम्मेवारीमा प्रतिवद्ध भएर सेवामा लाग्न आग्रह गर्नु भयोे ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मात्र नभई सिङ्गो प्रदेशको समृद्धिका लागि ‘लाइफ लाइन’को रुपमा रहेको उल्लेख गर्नु भयोे । अस्पतालमा आउने जुनसुकै वर्ग वा समुदायका सेवाग्राहीले अपनत्व महशुस गर्ने गरी निःस्वार्थ पूर्वाग्रहरहित भएर काम गर्न अस्पताल परिवारलाई निर्देशन दिनुभयो ।

यसैगरी अस्पतालमा बन्दै गरेको १२ तले अत्याधुनिक भवन निर्माणका कामलाई समयै सम्पन्न गर्नका लागि सरकारले आवश्यक निगरानी र सहजीकरणको काम गरिरहेको समेत जानकारी गराउनु भयो ।

पछिल्लो आर्थिक वर्षमा लुम्बिनी प्रादेशिक अस्पतालबाट ३ लाख ४८ हजार ९७१ जनाले स्वास्थ्य सेवा लिएको तथ्याङ्कमा उल्लेख छ ।

सम्बन्धित शिर्षक :