लुम्बिनीमा क्षयरोगको बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम व्यवस्थापक मिम बहादुर सिंह लाई सम्मान

स्वास्थ्यसमाचार/ स्वास्थ्य निर्देशनालय लुम्बिनीको वार्षिक समिक्षा सम्पन्न भएको छ।पौष २२ गते देखी २४गते सम्म दाडको भालुबाङमा सञ्चालन भएको राष्ट्रिय क्षयरोग कार्यक्रमको गत आर्थिक बर्षको बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी एक समारोहका वीच सम्पन्न भएको हो।

३ दिन लामो कार्यक्रममा लुम्विनी प्रदेशका १२ वटा जिल्लाहरूले आर्थिक बर्ष. ०८०/०८१ मा क्षयरोग कार्यक्रममा भएको प्रगतिको बारेमा प्रस्तुतीकरण तथा छलफल गर्नु भएको थियो। प्रदेशमा क्षयरोग को अवस्था अहिले पनि चुनौतीको रुपमा रहेको छ। यो रोग गरिबी, अशिक्षा, स्वास्थ्य सेवा पहुँचको अभाव, र जनचेतनाको कमीका कारण अझै पनि व्यापक रूपमा फैलिएको र यसलाई समाधान गर्न सबैको साथ सहयोग आबश्यक रहेको बताईएको छ।

लुम्विनी प्रदेशमा क्षयरोगको केश नोटीफिकेशन दर अरु प्रदेश भन्दा बढी रहेको अर्थात १६४ प्रतिलाख रहेको ,उपचार सफलता दर पनि ९३ प्रतिशत रहेको र डिआर क्षयरोग विरामीहरुको उपचारमा नआई हराउने दर पनि १२ प्रतिशत भन्दा कम भएको छ ।नेपालमै क्षयरोग केश लोडको हिसावले लुम्विनी प्रदेश तेस्रो स्थानमा अर्थात २५ प्रतिशत क्षयरोगको भार लुम्विनी प्रदेशमा रहेको छ आगामी दिनमा क्षयरोगको केश व्यवस्थापनमा थप पहल गर्न पर्ने देखिन्छ ।

समिक्षा गोष्ठीको समापन समारोहमा लुम्विनी प्रदेशमा करिव १४ बर्ष सम्म कार्यरत रही सेभ द चिल्ड्रेनको तर्फबाट क्षयरोग कार्यक्रमको यो प्रगतिमा र सरकारी स्वास्थ्य सयन्त्रसंग निकै निकटतम रही कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा अमूल्य योगदानलाई कदर गर्दै सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम व्यवस्थापक मिम बहादुर सिंह लाई प्रशंसा पत्र प्रदान गरि उहाँको योगदानको कदर गरिएको थियो ।

समापन समारोहमा सहभागीको तर्फबाट बोल्दै जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका क्षयकुष्ठ अधिकृत टीकाराम अधिकारीले सेभ द चिल्ड्रेनको तर्फबाट भएको सहयोग, समन्वय र सहकारिता को लागि धन्यबाद दिनु भएको थियो ।

कार्यक्रममा स्वाथ्य निर्देशक डा. बिनोद कुमार गिरीले सिंहको प्रतिबद्धता र लगाव प्रति धन्यवाद दिदै आगामी दिनमा पनि आपसी सहकार्यता रहने अपेक्षा गर्नुभएको थियो । उहाले क्षयरोगलाई अझै पनि धेरैले “लाजको कुरा” ठान्छन्, जसले गर्दा मानिसहरू जाँच र उपचारमा जान लजाउने गर्दछन् यसलाई जनचेतनाको माध्यमबाट हटाउनु पर्नै बताउनु भयो उहाले सरकारी निकाय, गैरसरकारी संस्था, र समुदायबीच सहकार्य गरी क्षयरोगको नियन्त्रण अभियानलाई तीव्र बनाउनु जरुरी रहेको समेत बताउनु भयो।

समारोहमा मिम बहादुर सिंहले कार्य दौरानमा आफु तथा संस्था प्रति लुम्विनी प्रदेशले गरेको सहयोग प्रति आभार प्रकट गर्दे सम्पुर्ण स्वास्थ्यकर्मीहरुको पाएको सहयोगलाई सदा स्मरणमा राख्ने प्रतिबद्धता प्रकट गर्नुभयो ।

 

सम्बन्धित शिर्षक :