अनुमति लिएर मात्रै स्वास्थ्य संस्था सञ्चालन गर्न मन्त्रालयको परिपत्र

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थालाई अनिवार्य रूपमा अनुमति लिन र अनुमति लिएकाहरुको नवीकरण बाँकी भए नवीकरण गर्न परिपत्र गरेको छ ।

मन्त्रालयले मंगलबार परिपत्र गर्दै कानुन अनुसार अनुमति र नवीकरण गर्न भनेको हो । कानुन अनुसार अनुमति र नवीकरण नगरेमा कारबाही गर्ने चेतावनी पनि मन्त्रालयले दिएको छ ।

‘स्वास्थ्य संस्थाहरू इजाजत अनुमति नलिई र नवीकरण नगराई संचालन भएका भन्ने गुनासो आएकोले जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ को उपनियम (१) मा कसैले पनि इजाजत पत्र नलिई निजी गैरसरकारी, सहकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउनु हुँदैन भन्ने व्यवस्था रहेकोले इजाजत पत्र नवीकरण गराएर मात्र स्वास्थ्य संस्था संचालन गर्नुहुन अन्यथा कानून बमोजिम कारबाही हुने ब्यहोरा नेपाल सरकार (सचिवस्तर) को मिति २०६१/०९/२३ को निर्णयअनुसार अनुरोध छ।’

मन्त्रालयद्वारा जारी परिपत्रमा भनिएको छ।

सम्बन्धित शिर्षक :