स्वास्थ्यसमाचार/ स्वास्थ्य कार्यालय रोल्पालाई १५ केभिए क्षमताको जेनेरेटर र ल्यापटप हस्तान्तरण गरिएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनी, स्वास्थ्य सेवा विभाग काठमाडौंको समन्वय र युनिसेफ नेपालको सहयोगमा जेनेरेटर र ल्यापटप हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य कार्यालय रोल्पामा एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली र विद्युतीय स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रणालीलाई थप सुदृढीकरण गर्न ९ थान ल्यापटप कम्प्युटर समेत हस्तान्तरण गरिएको स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख बिशाल सुबेदीले वताए । उनले जेनेरेटर जडान पछि चौबीसै घण्टा विद्युत ब्याकअपको व्यवस्था हुँदा भ्याक्सिन तथा कोल्ड चेन स्टोर सञ्चालन गर्न सजिलो वताए ।
जेनेरेटर र ल्यापटप कम्प्युटर गरी हस्तान्तरण गरिएको सामग्रीहरूको मुल्य करिब २० लाख बराबरको रहेको कार्यालय प्रमुख सुबदीले वताए । खोप सेवामा सञ्चालन एवं वितरण हुने सम्पूर्ण खोपहरू २ डिग्री सेल्सियस देखि ८ डिग्री सेल्सियस सम्मको तापक्रममा भण्डारण गर्नु पर्ने भएको र बिद्याुलको समस्या भएकोले अब सहज भएको बताए ।
राष्ट्रिय खोप कार्यक्रमलाई थप व्यवस्थित र गुणस्तरीय तवरले सम्पादन गरी खोप कोल्ड चेन व्यवस्थापनका लागि यस अघि नै स्वास्थ्य कार्यालय, रोल्पाको अगुवाइमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, व्यवस्थापन महाशाखा र युनिसेफ नेपालको समन्वयमा सबै स्थानीय तहका भ्याक्सिन वितरण केन्द्रलाई हुने गरी करिब एक करोड लागतको आइ एल आर र डिप फ्रीजर रेफ्रीजेरेटर समेत स्वास्थ्य काार्यालय रोल्पालाई हस्तान्तरण भइसकेको छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कोल्ड चेन अधिकृत हरि आचार्य, युनिसेफ नेपालका डा आदिश ढुङ्गाना र प्रकाशचन्द्र जोशी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकया दिनुहोस्