विश्व एड्स दिवस : रुपन्देहीका पालिका स्तरीय क्वीचमा मायादेवी प्रथम

स्वास्थ्यसमाचार/विश्व एड्स दिवसकाे अवसरमा रुपन्देहीमा पालिका स्तरीय क्वीच प्रतियोगिता गरिएकाे छ । एचआईभी एड्सकाे क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाहरुकाे सहयोगमा जिल्ला समन्वय समिति रुपन्देहीकाे आयोजनामा भएकाे उक्त प्रतियोगितामा मायादेवी गाउपालिका प्रथम भएकाे छ ।

प्रतियोगितामा कञ्चन गाउपालिका द्वितीय, देवदह नगरपालिका तृतीय र मर्चवारी गाउपालिका सान्त्वना भएका छन् । प्रतियोगितामा रुपन्देहीका १६ वटै पालिकाकाे सहभागिता रहेकाे थियाे । प्रतियोगितामा प्रथम भएकाे मायादेवी गाउँपालिकालाई ८ हजार रुपैया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएकाे छ । त्यस्तैगरी द्वितीय भएकाे कञ्चनलाई ६ हजार, तृतीय भएकाे देवदहलाई ४ हजार र सान्त्वनामा समेटीएकाे मर्चवारी गाउँपालिकालाई नगद २ हजार रुपैया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएकाे छ ।

उनीहरुलाई पुरस्कार प्रदान गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले एचआईभी संक्रमित खुलेर आउने हाे भने उनीहरुकाे व्यवस्थापनमा सहयाेग गर्न सहज हुने बताउनु भयाे । उहाँले संक्रमित लाई सीपयुक्त तालिम प्रदान गर्न र राेजगारी व्यवस्थापनमा पनि सहज हने भनाई राख्नु भयाे ।

कार्यक्रममा बाेल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले एचआईभी एड्सका विरुद्धकाे अभियानलाई प्रभावकारी बनाउदै संक्रमितकाे जीवनस्तर सुधारका लागि पालिकाले काम गर्नुपर्ने भनाई राख्नु भयाे । उहाँले त्यसैकाे वातावरण निर्माणका लागि कार्यक्रम गरिएकाे भनाई राख्नु भयाे ।

बुटवल उपमहानगरपालिकाकाे सभाहलमा भएकाे कार्यक्रममा उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवाली, सेभ द चिल्ड्रेनका सुवास श्रेष्ठ, किड्सका निराजन पाेखरेल, एएचएफका धर्मराज भट्टराई, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका एचआईभी फाेकल पर्सन भिम ज्ञवाली लगायतले भनाई राख्नु भएकाे थियाे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले जिल्लामा एचआईभिकाे क्षेत्रमा काम गर्ने संघसंस्थालाई सम्मान पत्रले सम्मान गर्नु भएकाे थियाे ।

सम्बन्धित शिर्षक :