स्वास्थ्यसमाचार/ नेपाल नर्सिङ सङ्घको चुनावमा चार प्रमुख राजनीतिक दलका प्रभाव वा निकटताका आधारमा दुई अलग–अलग प्यानल बनेका छन् ।
रोचक त के छ भने एमाले–माओवादी तथा काँग्रेस–एकीकृत समाजवादी गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
एमाले–माओवादी गठबन्धनबाट एमालेकी चन्द्रकला शर्मा र काँग्रेस–एकीकृत समाजवादीबाट एकीकृत समाजवादीकी गङ्गाकुमारी थापा अध्यक्षका उम्मेदवार छन् । सँगै एमालेबाट बसन्ती थापाले बागी उम्मेदवारी दिएकी छिन् ।
मङ्सिर २८ गते नर्सिङ सङ्घको निर्वाचन हुँदै छ । महासचिवमा एमाले–माओवादी गठबन्धनबाट एमालेनिकट डा देवका कुमारी आचार्य र काँग्रेस–समाजवादी गठबन्धनबाट काङ्ग्रेसनिकट मिनाकुमारी कार्कीको उम्मेदवारी परेको छ । त्यस्तै, महासचिवमै जानकी धामीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन् ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा एमाले–माओवादी गठबन्धनबाट एमाले निकटका रमेश सुब्बा उम्मेदवार छन् । काँग्रेस–समाजवादी गठबन्धनबाट वरिष्ठ उपाध्यक्षमा काङ्ग्रेसनिकट कल्पना श्रेष्ठ जोशीको उम्मेदवारी परेको छ ।
उपाध्यक्षमा एमाले माओवादी गठबन्धनबाट माओवादीनिकट बबिता घिमिरे र काँग्रेस –समाजवादी गठबन्धनबाट काङ्ग्रेसनिकट मनीषा कोइरालाको उम्मेदवारी परेको छ ।
यो निर्वाचन नर्सिङ पेसाको भविष्य तय गर्ने एक महत्त्वपूर्ण क्षण हो । यहीँबाट व्यक्तिगत महत्त्वाकाङ्क्षा मात्रै नभई स्वास्थ्य सेवाको गुणस्तर र दिशा पनि निर्धारण हुँदै छ ।तर यस पटक भने गठबन्धन बनेका कारण कडा प्रतिस्पर्धा हुने आकलन छ ।
‘अहिले चुनावमा विरासत जोगाउने र भत्काउने अन्तिम कसरत पर्ने देखिन्छ,’ पूर्व कार्यसमितिको एक पदाधिकारीले भन्छिन्, ‘प्रगतिशील समूहका लागि पुरानो साख बचाउने चुनौती देखिन्छ भने लोकतान्त्रिक समूह यसभन्दा अगाडीका किल्ला भत्काउने ध्यानमा जुटेको छ ।’
१९ औँ केन्द्रीय कार्यसमितिमा नेपाल कम्युनिस्ट पार्टी समर्थक नर्सको प्यानल विजयी भएको थियो । त्यति बेला प्रगतिशील समूहकी मनकुमारी राई १२ सय मतको फराकिलो अन्तरसहित निर्वाचित भएकी थिइन् ।
राईले ३ हजार २७६ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेस समर्थित प्रजातान्त्रिक समूहकी मुना राना थापाले २ हजार ८५ मत प्राप्त गरेकी थिइन् ।
अध्यक्षसहित सबै पदमा नेकपा उम्मेदवार विजयी भएका थिए । स्थापनाकालदेखि नै प्रगतिशील समूहले जित हासिल गर्दै आएको छ ।अनलाईनखबरबाट
प्रतिकया दिनुहोस्