आधारभुत स्वाथ्य परियोजना अन्र्तगत एक दिने पुर्नताजकी कार्यक्रम

स्वास्थ्यसमाचार/आधारभूत स्वाथ्य परियोजना अन्र्तगत अपाङ्गता भएका व्याक्तिहरुद्धारा सञ्चालित संस्थासँग अपाङ्गता ता सम्बन्धी एक दिने पुर्नताजकी कार्यक्रम गरिएको छ ।

इन्द्रेणी ग्रामिण विकास केन्द्र रुपन्देहीको आयोजनामा बुटवलमा कार्यक्रम गरिएको हो । कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले अपाङ्गताको क्षेत्रमा महासंघले लामो समय देखि पहल, पैरवीको काम गर्दै आएको बताउँदै कुनै पनि समस्या भएमा यसमा सहकार्य गर्न तयार रहेको बताएका थिए ।

अपाङ्गता भएका संस्थाहरु संस्थागत रुपमा प्रतिनिधित्व हुने भन्दै उनले सबै संस्थाहरुको हक, हित, उन्नती, प्रगति लगायतको विषयमा महासंघ गम्भिर भएर लागेको बताएका थिए । उनले अपाङ्गता एउटा अवरोध भएको भन्दै अवरोधलाई सामान्यीकरण गरी अगाडी बढ्नको लागि आग्रह समेत गरेका थिए । अपाङ्गता हुँदैमा कोही पनि कमजोर वा असक्षम भन्ने कुरा नहुने भन्दै उनले उचित अवसर, तालिम, प्रविधिको संयोजनबाट अपाङ्गता भएका व्यक्तिहरुले नमूनायोग्य काम गर्न सक्ने बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय अपाङ्गमा महासंघका केन्द्रीय अनुसार आयोग संयोजक तथा पुर्व बरिष्ठ केन्द्रीय उपाध्यक्ष देवी बहादुर पोखरेलले सहजीकरण गर्दै अपाङ्गता अधिकार, संस्थाले गर्नुपर्ने, काम, कर्तव्य, अधिकारको विषयमा प्रष्ट पारेका थिए ।उनले अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गर्ने संस्थाहरुको हितको लागि महासंघ, लगायतका संस्थाले काम निरन्तर गर्नुपर्ने बताएका थिए ।

अहिले पनि अपाङ्गता भएका व्यक्तिहरुको संघ संस्थालाई सरकारी निकाय वा स्थानी तहले हेर्ने दृष्टिकोण फरक रहेको भन्दै समाजमा दृष्टिकोणको परिर्वतनको खाँचो रहेको बताएका थिए ।

कार्यक्रममा फेयरमेड फाउन्डेसन नेपालका प्रदेश संयोजक शशि कुमारलाल कर्ण, फेयरमेडका अधिकृत तुल्सीराम खनाल,ईन्द्रेणी ग्रामिण बिकास परिषदका निर्देशक प्रदिप कुमार शाह, कार्यक्रम अधिकृत किरण श्रेष्ठ लगायतले आ आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा रुपन्देहीको कञ्चन, गैडहवा, सैनामैना, बुटवल, तिलोत्तमा, ओमसतिया, मायादेवी, सिद्धार्थनगर लगायतका पालिकामा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा आयोजनाको उदेश्यको विषयमा इन्द्रेणी ग्रामिण विकास संस्थाका अध्यक्ष कमला गहतराजले प्रकाश पारेकी थिईन् ।

 

सम्बन्धित शिर्षक :