कपिलबस्तु अस्पतालका मेसु डा. वन्जाडेको कोशी अस्पताल सरुवा

स्वास्थ्यसमाचार/ एक महिना अघि गुल्मी जिल्ला अस्पतालबाट कपिलबस्तु अस्पतालमा सरुवा भएर आएका वारिष्ठ मेडिकल सुपरिटेण्डन डाक्टर किशोर बन्जाडेको सरुवा भएको छ ।

लुम्बिनी प्रदेश सरकारले गुल्मी अस्पतालबाट सरुवा गरि कपिलबस्तु अस्पताल तौलिहवा ल्याएको थियो।

१०औं तहका डाक्टर बन्जाडेलाई मिति २०८१ साउन २२ गतेको सचिव स्तरिय निर्णयबाट कोशी अस्पताल विराटनगर सरुवा भएको छ ।

सम्बन्धित शिर्षक :