गुल्मी पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा

स्वास्थ्यसमाचार/गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय तथा प्रदेश खोप समन्वय समितिका सदस्य सचिव डाक्टर विनोदकुमार गिरीले जिल्लालाई पुर्णखोप दिगोपना सुनिश्चतता भएको घोषणा गर्दै प्रमाणपत्र गुल्मी जिल्लाका समन्वय प्रमुख तथा जिल्ला खोप समन्वय समिति गुल्मीका प्रमुख द्रोणर्बहादुर खत्रीलाई प्रदान गर्नुभएको हो ।

गिरीले यस अभियानमा वडास्तरदेखी जिल्लासम्म खटिने सबै स्वास्थ्यकर्मीको महत्त्वपूर्ण भूमिका रहेको बिचार व्यक्त गर्दै १५ महिना मुनिका बच्चाहरुलाई खोप सुनिश्चित भएकोमा जिल्लाबासीहरुलाई धन्यवाद समेत दिनु भएको थियो ।

लुम्बिनी प्रदेशमा पुर्णखोप दिगोपना सुनिश्चतता घोषणा भएको गुल्मी जिल्ला चौथो जिल्ला हो। लक्ष्य अनुसार प्रगति हासिल गर्न, रोग नियन्त्रण, निवारण र उन्मुलनको लक्ष्य प्राप्ति गर्न र दिगोपनाको लागि स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका रहने जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय प्रमुख द्रोणर्बहादुर खत्रीले बताउनुभयो ।

जिल्लामा १५ महिनासम्मका बालबालिकाहरुले लगाउनुपर्ने सम्पुर्ण खोपहरु पूरा भएपछि गुल्मी जिल्ला पूणर् खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा गरिएको हो । कार्यक्रममा ईस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले घोषणा कार्यक्रम राम्रो हो तर अझै पनि समाजमा महिला माथी हुने विभेेदले गर्भवती महिलाहरुले बेलैमा पोषणयुक्त खान र समयमा खोप सेवा नपाउने अवस्था रहेकोेले यसतर्फ कार्यालयको ध्यान जानुपर्ने कुरामा जोड दिनु भयो।

पुर्ण खोप दिगोपन सुनिश्चतताका लागि रणनीतिक योजना अन्तरगत प्रभावकारी एवं गुणस्तरीय र नियमित खोप सेवा सञ्चालन, प्रत्येक वर्ष चैत्र महिना भित्र स्वास्थ्यकर्मीको संलग्नतामा घरधुरी सर्वेक्षण, सर्वेक्षण प्रतिवेदनको समीक्षा, विश्लेषण, अभिलेख तथा प्रतिवेदन,  खोप सेवाको सुदृढीकरणको लागि सुक्ष्म योजना अध्यावधिक र छुट बच्चाहरुलाई खोप प्रदान गरिने गरेको स्वास्थ्य कार्यालय प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो ।

यस कार्यक्रममा पुर्णखोप प्रक्रिया वस्तुस्थिति सम्बन्धि प्रतिवेदन जिल्ला खोप समन्वय समिति सदस्य सचिव पशुपति आचार्यले प्रस्तुत गर्दै गुल्मी जिल्ला वि.सं.२०७१ चैत ३० गते तत्कालीन ७५ जिल्ला मध्ये ७ ओैँ जिल्लाको रुपमा पुर्णखोप घोषणा गरिएको र त्यसपछि हालसम्म पुर्णखोप दिगोपना सुनिश्चितता कायम रहदै आएको जानकारी कार्यक्रममा गराउनु भएको थियो ।

खोप कार्यक्रममले बिफर रोगको उन्मूलन, बाल मृत्युदरमा उल्लेख्य कमी, सन् २००५ देखि मातृ तथा नवशिशु धनुष्टङकार रोग निवारण, सन् २०१० देखि पोलियो रोग शून्य अवस्था र उन्मूलनको नजिक, जापानिज ईन्सेफलाईटिस रोग नियन्त्रण, सन् २०१८ देखि रुबेला नियन्त्रण, बालबालिकामा हेपाटाईटिस-बी नियन्त्रण साथै खोपद्धारा बचाउन सकिने अन्य रोगहरूमा उल्लेखनीय कमी आएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वाथ्य निरीक्षक बोम अर्यालले जानकारी दिनुभयो ।

जिल्लाभन्दा पहिला वडा र गाउँपालिकाहरु पूणर् खोप दिगोपन सुनिश्चतता घोषणा गर्नुपर्ने व्यवस्था रहेको र सोही अनुसार गर्दै आएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।  १६ देखि २३ महिना उमेर समुहका बालबालिकाले १५ महिना उमेर सम्मका बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पूणर् खोप प्राप्त गरेकाले घोषणा गरिएको बताईएको छ ।

फागुन १ गतेदेखि फागुन मसान्तसम्मको सर्वेक्षणमा यस जिल्लामा १६ देखि २३ महिनाका उमेर समुहका २ हजार ६१४ बालबालिकाहरुले खोप प्राप्त गरेका छन् । हाल जिल्लामा खोपकेन्द्र तीन सय ३२ वटा रहेका छन् ।

भने १२ वटै पालिकामा खोप भण्डारण उपकेन्द्र छन् । जिल्ला खोप समन्वय समितिले आयोजना गरेको पुर्ण खोप दिगोपन सुनिश्चतता गर्न १२ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममा गाउँपालिका प्रमुख तथा अध्यक्षको तर्फबाट इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खड्का, गाउँपालिका उपप्रमुख र उपाध्यक्षको तर्फबाट चन्द्रकोट गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, विभिन्न संघसंस्थाको तर्फबाट नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल, सामुदायिक स्वास्थ्य स्वयंसेविकाको तर्फबाट देवी कुँवर,स्वास्थ्यकर्मीको तर्फबाट नारायण प्रसाद अर्यालले शुभकामना मन्तव्य राख्नुभएको थियो।

सम्बन्धित शिर्षक :