नेपाल आयुर्वेद औषधि व्यवसायी संघ काठमाडौ उपत्यकाको महाधिवेशन सम्पन्न

काठमाडौंबाट १० र भक्तपुर र ललिपुरबाट ७-७ सदस्य निर्वाचित..

स्वास्थ्यसमाचार / नेपाल आयुर्वेदिक औषधी व्यावसायी संघ बागमती प्रदेश अन्तरगत काठमाडौं उपत्यका स्तरिय व्यावसायी भेला तथा प्रथम ऐतिहासिक जिल्लागत अधिवेशन २०७७ काठमाडौंमा सम्पन्न भएको छ।

नेपाल आयुर्वेदिक औषधी व्यावसायी संघ बाग्मति प्रदेशका अध्यक्ष लेखनाथ भूसालको सभाध्यक्षता, माननीय रमा आलेमगर उधोग, वन, पर्यटन तथा वातावरण समिति सभापतिको प्रमुख आतिथ्यता, नरदेवि हस्पिटलका निर्देशक डा. प्रदिप केसी, औषधी व्यवस्था विभागका वरिष्ठ औषधी व्यवस्थापक तथा सूचना अधिकारी सन्तोस केसी, केन्द्रिय अध्यक्ष जंगराम गिरी, निवर्तमान अध्यक्ष लोकेन्द्र चापागाई, आयुर्वेद औषधी उत्पादक संघका महासचिव सुमन पाण्डे, आयुर्वेद काउन्सिलका रजिस्टार डा.नारायण श्रेष्ठ,सिंहदरवार वैधखाना विकास समितिका प्रवन्धनिर्देशक डा.वंशदिप खरेल, आयुर्वेद चिकित्सक संघका केन्द्रिय अध्यक्ष डा.प्रकाश ज्ञवाली, आयुर्वेद स्वास्थ्यकर्मी समाजका अध्यक्ष देवराज लामीछाने, केन्द्रिय वरिष्ठ उपाध्यक्ष रामचन्द्र बुढाथोकी, महासचिव किरण शर्मा, पूर्व उपाध्यक्ष तथा संस्थागत कोषाध्यक्ष विस्णु सिंखडा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको संचालन आयुर्वेदिक औषधी व्ययावसायी संघ बाग्मती प्रदेश सचिव सुमन प्रसाद कोईरालाले गरेका थिए भने स्वागत मन्तव्य मधु वस्तुले राखेका थिए ।

कार्यक्रमको समापन तथा शुभकामनाको मन्तव्य संघका अध्यक्ष्य तथा कार्यक्रमका सभापति भूसालले राखेका थिए । साथै कार्यक्रमका उपस्थित सबै अतिथिहरुले छोटो मन्तव्य राखेका थिए ।
त्यस्तै सम्पन्न अधिवेसनमा काठमाडौ शाखाबाट होम बहादुर नगरकोटी अध्यक्ष सहित १० जना,भक्तपुरबाट असिम वैध अध्यक्ष सहित ७ जना र ललितपुरबाट गोपाल दाहाल अध्यक्ष सहित ७ जनाकै नेतृत्व चयन भएको नेपाल आयुर्वेद औषधि व्यावसायि संघ रुपन्देही जिल्ला सचिव शालिक राम भुसालले जानकारी गराएका छन् ।

सम्बन्धित शिर्षक :