तिलोत्तमा मणिग्राममा भोली पुष २५ गते निशुल्क स्वास्थ्य शिविर संचालन हुने

रक्षा आयुर्वेदिक औषधालयले १३औं बार्षिकोत्सब मनाउँदै, प्याथोलोजी सेवामा विशेष छुट

गोकर्ण प्रकास ज्ञवाली । २०७७ पुष २४ । रुपन्देहीको मणिग्राममा अवस्थित रक्षा आयुर्वेदिक औषधालयले विशेषज्ञ सेवा सहितको एकदिने स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।

 

भोली पुष २५ गते शनिवारको दिन विहान १० बजेदेखि वेलुका ४ बजेसम्म उक्त शिविर संचालन हुने आयुर्वेदिक औषधालयका संचालक शालिकराम भूसालले जानकारी दिए ।

शिविरमा पाईल्स, फिसर, फिस्टुला, हाडजोर्नी, नशा, बाथ, दम साथै पेट सम्वन्धी, महिला सम्वन्धी, छाला सम्वन्धी र शारिरीक मानसिक सबै रोगको उपचार गरिने पनि भूसालले बताए ।

उक्त दिन प्याथोलोजी सेवामा पनि विशेष छुटको व्यवस्था गरिएको भूसालले जानकारी गराएका छन् ।

 

रुपन्देहीको तिलोत्तमा ५ मणिग्रामको पूरानो हाटबजारमा रहेको उक्त आयुर्वेदिक औषधालयले लामो समयदेखि विशिष्ट सेवा दिदै आएकोमा आफ्नो १३औं बार्षिक जन्मोत्सबलाई निशुल्क स्वास्थ्य शिविर सहित मनाउन लागेको पनि संचालक भूसालले जानकारी गराएका छन् ।

सम्बन्धित शिर्षक :