पर्रोहा हेल्थपोष्टमा डाक्टरसहितको सेवा सुरु

स्वास्थ्यसमाचार
सैनामैना नगरपालिकाको पर्रोहा हेल्थ पोष्टमा पहिलो पटक मेडिकल अफिसर सहितको सेवा सुरु भएको छ । स्वास्य सेवा बिभाग काठ्माण्डौबाट दुई बर्षको करार सेवामा डा प्रकाश खरेल सैनामैनाको पर्रोहा हेल्थ पोष्टमा आएका छन । हेल्थ पोष्टमा आएका डा.प्रकाश खरेललाई सैनामैनामा एक औपचारिक कार्यक्रम गरी स्वागत गरिएको हो ।

स्वागत गर्दै सैनामैना नगरपालिकाका मेयर चित्र कार्कीले जनताको स्वास्थ्य चेकजाचमा प्रभावकारी ढंगले सेवा गर्न आग्रह गरे ।
सैनामैना नगरपालिका भित्र शिघ्र रुपमा आखा अस्पताल, प्राकृतिक चिकित्सालय र सर्पदंश उपचार केन्द्र संसंचालनमा आउन लागेको बताउदै सैनामैना नगरपालिका भित्र स्वास्थ्य सेवालाई सुलभ र प्रभावकारी बनाउन तर्फ योजना बनाई रहेको वताए।

पर्रोहा हेल्थ पोष्टमा एक्सरे मेशिन सहितको सेवा संचालन गर्ने योजना बनाई रहेको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले वताए । पर्रोहा हेल्थ पोष्टमा बिगतमा देखिएको समस्या सबै समाधन गरीएको बताउदै भण्डारीले सम्पुर्ण स्वास्थ्यकर्मीहरुले जनताको सेवामा निस्वार्थ खटिनु पर्ने वताए ।

स्वास्थ्य केन्द्रमा देखिएका केही केही समस्याहरुलाई तत्काल सम्बोधन गर्नृ पर्ने नेपाली काग्रेसका जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्माले वताए । स्वास्थ्य सेवालाई चुस्त र दुरुष्ट बनाई आम जनसमुदायमा सेवा दिईनु पर्ने नेकपाका जिल्ला सदस्य नर बहादुर घर्ती मगरले वताए।

सैनामैनाका जनप्रतिनिधि ,संघसंस्थाका प्रतिनिधि , राजनैतिक दल समाजसेवी लगायतको उपस्थितीमा हेल्थ पोष्टमा आएका डा.प्रकाश खरेललाई स्वागत गरिएको थियो । सैनामैनाका स्वास्थ्य संयोजक युवराज पाण्डेको स्वागत तथा पर्रोहा हे.पो का अहेव पशुपति ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित शिर्षक :