बाढी प्रभावित क्षेत्रमा मेडिकल टिम र एम्बुलेन्स पठाइन्छ : प्रधानमन्त्री

काठमाडौं । रसुवामा आएको बाढीपछि सरकारले उद्धार तथा राहतसँगै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा व्यवस्थापनलाई प्राथमिकता दिएको छ। मेडिकल टिम, अतिरिक्त एम्बुलेन्स र स्वास्थ्य जनशक्ति प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको प्रधानमन्त्री बालेनले बताएका छन्।

विपद् व्यवस्थापन प्राधिकरणको समन्वयमा मेडिकल टिम, नेपाल स्काउट र रेडक्रसलगायतका निकाय परिचालन गरी आवश्यक स्वास्थ्य तथा मानवीय सहायता पुर्‍याउने काम भइरहेको जनाइएको छ।

बाढीका कारण स्वास्थ्य सेवा प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै थप एम्बुलेन्स तथा स्वास्थ्यकर्मी पठाउने तयारी गरिएको छ। तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ।

सम्भावित उद्धारका लागि हेलिकप्टरसमेत परिचालन गरिएको जनाइएको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत र स्वास्थ्य सेवाबारे थप निर्णय गर्न उच्चस्तरीय बैठक बोलाइएको प्रधानमन्त्रीले बताएका छन्।

सम्बन्धित शिर्षक :