कोरोना कहर !

रचना ः गोकर्ण प्रकास ज्ञवाली

रुघा लाग्ने राईनो भाईरस जस्तै नयाँ भाईरस
कोरोना त्यो न औषधी छ न भ्याक्सिन नै खास
मान्छे, वस्तु या जनावरको माध्यमबाट यो सर्ने
संक्रमितबाट बच्न घरमै बसौं विकल्प छैन के गर्ने

रुघा-खोकीसंगै उच्च ज्वरो, स्वासप्रस्वास अवरोध
लक्षण यी कोरोनाका बनाउँदै छ विस्वलाई नै बोझ
भाईरस सरेको दुईहप्तामा बल्ल लक्षण देखापर्ने रछ
फोक्सो र मृगौला नष्ट गरि यो ज्यानैसम्म लिंदो रैछ

कुनै व्यक्ति, वस्तु या जनावर देखि टाढै बस्ने गर्नू
साबुन पानी या औषधीले हातको सफाई यो नबिर्सनू
सचेत रहनु सजकता अपनाउनु यो नै बुद्धिमानी
कोरोनाबाट बच्न एउटै विकल्प घर वाहिर ननिस्कनू

उच्च ज्वरो, लगातार टाउको दुख्ने, घाँटी सुक्ने भए
चिकित्सकसंग समयमै सुरक्षित पुग्ने गरिहाल्नू उपाय
घर परिवार समाज र देश बाँच्छ, कोरोनासंग बच्न सके
कोरोनासंग बचिन्छ सजकतासंगै आत्मविस्वास राखे ।

-रचनाकार ज्ञवाली स्वास्थ्यसमाचार अनलाईनका व्यवस्थापक हुन् ।

सम्बन्धित शिर्षक :