कोरोना जोखीम रोक्ने पुर्वतयारीमा प्रदेश ५ सामाजीक बिकास मन्त्रालय

स्वास्थ्यसमाचार/संघीय सरकार कोरोना भाइरसको जोखिम रोक्न पूर्वतयारीमा जुटिरहँदा प्रदेश ५सरकार पनि पूर्वतयारीका काम सुरु गरेको छ । यसैक्रममा आज प्रदेश ५ सरकार सामाजीक बिकास मन्त्रालयले कोरोना भाइरसको जोखिम रोक्ने पूर्वतयारीको सन्दर्भमा मन्त्रालयमा सरोकारबालाहरु संग छलफल गरेको छ ।

पूर्वतयारीका कामलाई व्यवस्थित बनाउन सामाजीक बिकास मन्त्री शुदर्शन बरालले स्वास्थ्य निर्देशनालय प्रदेश तालिककेन्द्र प्रदेश आपुर्ति प्रादेशिक अस्पताल सामाजीक बिकास मन्त्रालय महाशाखा प्रमुखहरु संघिय स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति व्यवस्थापन शाखा प्रमुख स्वास्थ्यकर्मि र सरोकारबालाहरु सम्मिलित पूर्वतयारीको बारे छलफल गरेका थिए ।

छलफलमा बोल्दै सामाजीक बिकास मन्त्री शुदर्शन बरालले प्रादेशिक अस्पतालहरुमा १५ प्रतिशत बेड छुटाउने सिमानाकामा हेल्पडेक्स राखिएपनि अनुगमन गर्ने कोरनारोग लागेमा उपचारका लागी आबश्यक सामाग्री तयार गर्ने सरोकारबालाहरुसंग छलफल गर्ने अनाबश्यक हल्लाका पछि नलाग्ने जस्ता काम गर्न मातहतलाई निर्देशन दिएका थिए ।

मन्त्री बरालले शंकास्पद बिरामी भए सार्बजनिक यातायात वा अन्य गाडी नभई केहि सम्पर्क स्थानसहित बिशेष एम्बुलेन्स तयारी अबस्थामा राख्ने आइसोलेसन सहित उपचारको प्रबन्ध र फोकल पर्सन तयारी अबस्थामा राख्ने लगायतका काम थाल्नसमेत मन्त्री बरालल निर्देशन दिए ।

त्यस्तै छलफलमा स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखा अन्र्तगत आपूर्ति व्यवस्थापन शाखा प्रमुख चुडामणि भन्डारीले नेपाल अहिले सम्म १ जनामा कोरानाभाईरस फेला परेको र त्यो पनि निको भएको बताए । वाहिर आएको जस्तो अबस्था नभएको भन्दै बेलैमा सचेत हुन आग्रह गरे ।

छलफलमा सामाजीक बिकास मन्त्रालयका सचिब डा गोपिकृष्ण खनाल स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरी प्रदेश तालिम केन्द्र का निर्देशक महेश्वर श्रेष्ठ प्रदेश आपिुर्ति केन्द्रका निर्देशक दिनेश कुमार चापागाई लुम्बिनी प्रादेशिक अस्पतालक मेसु डा राजेन्द्र प्रसाद खनाल स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखा उमासंकर चौधरी, स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक केयरसिह गोदार जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरी प्रदेश सामाजीबिकास मन्त्रालयका महाशाखा प्रमुख लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक सामाजीक संघसंस्थाका प्रमुख लगायतका सहभागीतामा छलफल भएको सामाजीक बिकास मन्त्रालयले जनाएको छ ।

उनीहरुले कोरोनाको जोखिम नियन्त्रणका लागि सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा बताएका थिए । डव्लुएचओले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेसँगै प्रदेश सरकारले पूर्वतयारी अपनाएको हो ।

सम्बन्धित शिर्षक :