शल्यकक्षमा कार्यरत स्टाफ नर्सलाई ओ टि म्यानेजमेन्ट तालिम

स्वास्थ्यसमाचार /प्रदेस ५ सामाजीक बिकास मन्त्रालय स्वास्थ्य तालिम केन्द्रले प्रदेशका जिल्ला अस्पतालको शल्यकक्षमा कार्यरत स्टाफ नर्सहरुको लागी ४२ दिने ओ टि म्यानेजमेन्ट सम्बन्धि तालिम आम्दा अस्पताल सुरु भएकोे छ ।

अप्रेशन ब्यबस्थापन तालिमको स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठले उदघाटन गरे ।उदघाटन समारोहमा बोल्दै निर्देशक श्रेष्ठले ओटीको ब्यबस्थापन जिबन संग समन्धीत भएकोले यो तालिम महत्वपुर्ण रहेको बताए ।उनले अस्पतालमा काम गर्दा नमुना काम गरेर देखाउन स्टाफ नर्सहरुलाई आग्रह गरे ।

यस्ता तालिम आर्थिक रुपमा राम्रा नभएपनि सिकाईको लागी अबसरको रुपमा लिनुपर्ने निर्देशक श्रेष्ठले बताए ।कार्यक्रममा आम्दा अस्पतालका निर्देशक डा केशर राज शर्माले सरकारको उदेस्य पुरा गर्न नर्सहरुलाई तालिम दिएको छ। त्यो तपाईहरुले जिम्बेवारीका साथ पुरा गर्नु पर्ने बताए ।

डा शर्माले सिकाईमा आबश्यक रहेकोले जिम्बेवारी तहमा कार्यरत स्वास्थ्यकर्मिलाई नयाँ तालिम आबश्यक रहेको बताए । तालिममा आम्दाअस्पतालकी मेट्र«ोन सुशिला बिश्वकर्मा, आम्दाअस्पतालकी कोडीनेटर राधाहेमचुरी ले बोल्दै सिकाईमा कुनै कमिनहुने र सिकेका कुरा जिम्मेवारीका साथ कार्यन्यन गर्नुपर्ने बताए ।

तालिममा गुल्मी प्युठान अर्घाखाची भिमअस्पताल भैरहवा कपिलबस्तु र लुम्बिनी प्रादेशीक अस्पताल बुटबलका स्टाफ नर्सहरु रहेका छन ।तालिम संञ्चालन स्वास्थ्य तालिम केन्द्र बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत भुबन कुबरले गरे ।

सम्बन्धित शिर्षक :